Thursday 24th of May | २०७५ जेठ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भुकम्प गएको ३ बर्ष: सिन्धुपाल्चोकमा उस्तै रुवाबासी !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख १२ बुधबार |
newsabhiyan
newsabhiyan

देवराज सुवेदी,सिन्धुपाल्चोक,१२ बैशाख । तीन वर्ष अघिको भुकम्पले सबैभन्दा धेरै जन धनको क्षति बेहोर्ने जिल्ला सिन्धुपाल्चोक हो । भुकम्पका कारण यहाँका तीन हजार ५ सय ७३ जना मानिसको मृत्यु भयो ।

८४ हजार भन्दा धेरै व्यक्तिगत संरचना भत्किए । भुकम्पपछिको पुननिर्माण औसत छ । भुकम्प गएको ३ बर्षमा पनि सिन्धुपाल्चोकमा उस्तै रुवाबासी कायम छ । सरकारी अनुदानबाट घरहरु बनिरहेका छन् ।

तेस्रो वर्ष पुग्दा जिल्लाले आवास पुनःनिर्माणकार्यले केही गति लिएको छ । जिल्लामा ८३ हजार ६६३ लाभग्राहीमध्ये ७८ हजार ५३५ ले आवास निर्माणका लागि अनुदान सम्झौता गरेका थिए । सम्झौता गरेका मध्येबाट ६२ हजार १५१ ले आवास निर्माणको पहिलो चरणमा डिपीसी गरिसकेका छन् भने १४ हजार ७७३ ले निर्माण सकिसकेका छन् । आज भूकम्प गएको ३ बर्ष पुरा भयो ।

भुकम्प गएको ३ बर्ष पुगेको छ । पुन निर्माणको काम पनि पछिल्लो समयमा धमाधम भैरहेको छ । जिल्लामा कतिपयले घर बनाइसके । प्राय भुकम्प पिडितले घर बनाइसकेका छन् । अनुदानको रकम ढिला आउनु र कामदारको अभाबका कारण निर्माणको काम ढिला भएको बताउनुहुन्छ दुबाचौरका मंगले तामाङ ।

तीन नगरपालिका र ९ गाउँपालिका गरी १२ स्थानीय तह भएको जिल्लामा अहिले आवास पुनःनिर्माणले गति लिएको छ । यो वर्ष गतवर्षको तुलनामा पुनःनिर्माण कार्यले तीव्रता पाएको छ । प्राबिधिकहरुको सल्लाहा लिएर मापदण्ड अनुसार घर बनाएकाले अब ढुक्क भएर बस्न सकिने बताउनुहुन्छ ज्यामिरेका मान बहादुर बिष्ट ।

जिल्लामा अहिले धेरैजसोले दोस्रो किस्ताको लागी काम पुरा गरी तेस्रो किस्ताको काम धमाधम भइरहेको छ । तेस्रो किस्ताको रकम आउन ढिला भएको पिडीतहरुको गुनासो छ । तर त्यसो नभई प्रकृयागत रुपमा काम भइरहेको बताउनुहुन्छ शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुपाल्चोकका निमित्त प्रमुख टंकप्रसाद गौतम । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan