Wednesday 15th of August | २०७५ श्रावण ३० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लागु औषध र हतियार सहित ७ जना पक्राउ (यस्तो छ नालीबेली)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख १२ बुधबार |
newsabhiyan
newsabhiyan

मोरङ ,१२ वैशाख ।  बिराटनगर महानगरपालिका वडा नं.-४ स्थित  नोबेल मेडिकल कलेज अगाडीको  सडकबाट प्रहरीले बुधबार अवैध लागुअाैषध र हतियार सहित ७ जनालार्इ नियन्त्रणमा लिएकाे छ ।

मोरङ प्रहरीले चेक जाच गर्दा तिन वटा भारतीय माेटरसाइकलमा सवार सातजनालार्इ नियन्त्रणमा लिएकाे हाे । प्रहरीले उनिहरूकाे साथबाट अवैध लागु औषध एभिल १७७५ एम्पुल , डाईजेलाभ ५०० ,स्पास्मो प्रोक्सिभन १७७६ चक्सी ,नाइट्रोसन ट्याब्लेट ७२५ ,लुपीजेसीक ५२५ ,फेनारागन १२५ ,डाइलेक्स डिसी १३ बोतल र उनी हरुले प्रयोगमा ल्याएकाे BR 38 F 1228 न.को मोट्साइकल बरामद गरेकाे छ ।

  माेटरसाइकल पछाडी बसेका भारत बिहार अररिया जिल्ला फारबिसगंज २ बस्ने बर्ष ३० को प्रमोद भन्ने बिनोद यादवको साथबाट Made in USA लेखेको अटोमेटीक पेस्तोल  एक थान ऐ.मा प्रयोग हुने म्याग्जिन १ थान र ६ राउण्ड गोली बरामद गरेको छ ।

उनि हरुले प्रयाेगमा ल्याएकाे भारतिय नं. प्लेट भएको BR38 F1228  BR38 H4050 र BR38 D 5226 नं.को मोटर साइकल समेत प्रहरीले नियन्त्रणमा लिएकाे छ । प्रहरीले भारत बिहार अररिया जिल्ला बतनाहा वार्ड नं. ४ बस्ने बर्ष २४ को रोहित कुमार शर्मा , प्रमोद भन्ने बिनोद यादव, राजा कुमार यादव,  निलम देवी यादव , भारत बिहार अररीया जिल्ला सिमराहा बस्ने बर्ष २६ को प्रकाश कुमार दास ,  रानीगंज बस्ने बर्ष ३३ को रन्जित कुमार शर्मा,र  बरारभत नाजा वार्ड नं. ७ बस्ने बर्ष ४० को सुरज नारायण यादव लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ सबैलार्इ हिरासतमा राखेर थप अनुशन्धान सुरू गरेकाे प्रहरीले जनाएकाे छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan