Wednesday 15th of August | २०७५ श्रावण ३० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेश ३ को विजयी सुरुआत

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख १३ बिहिबार |
newsabhiyan

काठमाडौं,१३ वैशाख । प्रतीश जिसीको चार विकेट लिएपछि फस्ट मनमोहन मेमोरियल यु १६ इन्टर प्रोभिन्स क्रिकेट ट्रुनामेन्ट उद्घाटन खेलमा प्रदेश नम्बर ३ ले प्रदेश नम्बर १ लाई दुई विकेटले पराजित गरेको छ ।

 मनमोहन मेमोरियल क्रिकेट सेन्टर आयोजना गरेका प्रतियोगिताको पहिलो खेल त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको थियो । सो खेलमा प्रदेश नम्बर तीनले १ सय २० रनको लक्ष्य ८ विकेट गुमाउँदै २८ ओभरमा प्राप्त गरेको गरेको थियो । 

 टस जितेर ब्याटिङ रोजेको प्रदेश नम्बर एकले खराब शुरुवात गरेको थियो । टिमले खाता नखोल्दै २ विकेट गुमाएको प्रदेश नम्बर एकले ६ विकेट गुमाउँदै निर्धारित ३० ओभरमा १ सय १९ रन बनाउन सक्यो । प्रदेश नम्बर एकका विवेक मेहताले ६५ बल खेल्दै नट आउट ५६ रन बनाएका थिए । मेहताले आफ्नो इनिङमा चार चौका र एक छक्का प्रहार गरेका थिए ।

   प्रदेश नम्बर एकका लागि अभिषेक बराल र विवेक मेहताले ४५ रनको साझेदारी गरेका थिए । बरालले ४२ बल खेल्दै २० रन बनाए । त्यसैगरी छैठौ विकेटका लागि मेहता र दीपेश कडेलले २४ रन बनाएका थिए । प्रदेश नम्बर एकको इनिङ सम्हालेका मेहताले ६१ बलमै ५० रन बनाएका थिए ।

प्रदेश नम्बर एकका तीन ब्याट्सम्यानले खाता समेत खेल्न सकेनन् । राजन मगर, अंकित श्रेष्ठ र नभनीत कर्ण शुन्यमा आउट भए । लभ कामतले १ र विवेक बुढाथोकीले २ रन बनाए । प्रदेश नम्बर एकले १६ रन अतिरिक्तबाट प्राप्त गरेको थियो ।

 प्रति उत्तर ब्याटिङ गरेको प्रदेश नम्बर तीनका लागि सुशान्त कार्कीले ३२ रन बनाए । त्यसगरी अशोक पौडेलले २४, अभिषेक बस्नेतले १९ रन बनाए । त्यसैगरी प्रदेश नम्बर तीनका ओपनरहरु दीपक बोहोराले ६ र ऐश भट्टराईले १० रन बनाए । संभव श्रेष्ठले १२, सन्देश कार्की र अदित सुवेदीले १–१ रन बनाएका छन् ।  प्रतिश जिसी पहिलो बलमा आउट भएका थिए । प्रदेश नम्बर एकका लागि लभ कामत, दीपेश कडेल, श्रवण किस्कु, समीर तिमल्सिना र विवेक मेहताले एक एक विकेट लिए ।

 ६ ओभरमा बलिङ गरेका म्यान अफ द म्याच जिसीले एक मेडन ओभर ११ रन दिएर ४ विकेट  लिए । त्यसैगरी गौरव कटवालले एक विकेट लिए । प्रदेश नम्बर एकका एक खेलाडी रन आउट भएका थिए ।

 ६ दिन चाल्ने प्रतियोगितामा शुक्रबार बिहान समूह एका प्रदेश नम्बर चार र प्रदेश नम्बर २ र दिउँसो सोही समूहका प्रदेश नम्बर ५ र प्रदेश नम्बर ७ बीच खेल हुने छ ।  समुह ए मा प्रदेश नम्बर एक, तीन र ६ रहेको छ भने समूह बीमा प्रदेश नम्बर २, ४, ५ र ७ रहेको छ । शीर्ष स्थानमा रहने टुई टोली सेमीफाइनलमा प्रवेश गर्ने छन् ।

 यसअघि आजै प्रतियोगीताको उद्घाटन नेकपा एमालेका प्रचार विभागका प्रमुख योगेश भट्टराईले ब्याटिङ गर्दै गरेका थिए । भट्टराईलाई खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट र नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डेले पालै पालो बलिङ गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दैै भट्टराईले नेपाली क्रिकेटमा देखिएको विवाद चाँडै समाधान हुने आशा लिएको बताए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan