Saturday 20th of October | २०७५ कार्तिक ३ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अर्मेनिया सङ्कट समाधानका लागि प्रधानमन्त्रीको निर्वाचन तयारी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख १३ बिहिबार |
newsabhiyan

यराभान, अर्मेनिया, १३ वैशाख (रासस÷एएफपी) : अर्मेनियामा विगत केही समयदेखि जारी राजनीतिक सङ्कटको समाधानका लागि बिहीबार यहाँको संसदले आगामी मे महिनामा प्रधानमन्त्रीको निर्वाचन गर्नेगरी कार्यक्रम तयार गरेको छ ।

संसदमा पकड रहेकाले नयाँ निर्वाचनबाट पनि आफ्नो नेतृत्व सुरक्षित देखेपछि निवर्तमान प्रधानमन्त्रीको सत्ताधारी दल रिपब्लिकन पार्टीले प्रधानमन्त्रीको निर्वाचन गर्नेगरी पहल थालेको हो ।

तर विगत केही दिनदेखि प्रतिपक्षी नेता निकोल पासिन्यानको नेतृत्वमा जारी आन्दोलन भने संसदको निर्णयबाट अन्त्य हुने कुनै सम्भावना देखिएको छैन ।

अर्मेनियाली उच्च पदस्थ अधिकारीले सत्तारूढ दल र विपक्षीबीचको जुहारीबाट कुनै समाधान निस्किने सम्भावना नदेखी सङ्कट समाधानका लागि रूसी हस्तक्षेपको जरूरी देखिएको विचार यत्रतत्र व्यक्त गर्न थालेका छन् ।

“मैले मुलुकमा जारी राजनीतिक समस्या समाधानका लागि आगामी मे १ मा निर्वाचनको तिथि तय गर्न लागिएको सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु,” अर्मेनियाली संसदका सभामुख आराब्याब्लोयान संसदको विशेष बैठकमा बताउनुभयो ।

अर्मेनियाको संसदबाट यही अप्रिल १५ गते प्रधानमन्त्री निर्वाचित बनेका नेता सेर्ज सार्कस्यानले आफूविरूद्ध प्रतिपक्षीले गरेको आन्दोलनमा देखिएको जनमासको कदर गर्दै गत सोमबार राजिनामा गर्नुभएको थियो । तर प्रधानमन्त्रीको राजिनामापछि पनि रिपब्लिकन पार्टीले सत्तामा रहिरहन गरेको प्रयासले सङ्कटको समाधान नदिने भन्दै विपक्षीले आफ्नो आन्दोलनलाई जारी राखेको छ ।

सार्कस्यानले नयाँ संसदीय प्रणालीको आडमा सत्तामा आफ्नो पकड कायम राख्न चाहेको जनाउदै उहाँको नेतृत्वमा अर्मेनियाले गरिबि र भ्रष्टाचारलाई अन्त्य गर्न नसक्ने प्रतिपक्षीहरूको दावी रहँदै आएको छ ।

यसैबीच मुलुकमा देखिएको राजनीतिक अन्यौलतापछि यस बिषयमा समाधान निकाल्न उपप्रधानमन्त्री मस्को पुग्नुभएको छ । तर मस्कोले अर्मेनियाको समस्यालाई आफूले नजिकबाट नियालेको भएपनि हस्तक्षेप नगर्ने जनाएको छ ।

प्रतिपक्षीले प्रधानमन्त्रीबाट सार्कस्यानको राजिनामापछि जनआन्दोलनको सम्मान गर्दै नेतृत्व आफ्नो हातमा आउनुपर्ने दावी गर्दै आएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan