Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जनता बैंकद्धारा ईलाममा शाखा बिस्तार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख २१ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २१ बैशाख । जनता बैंक नेपाल लिमिटेडको बैशाख २० गते देखि ईलामशाखाबाट कारोवार शुभारम्भ गरिएको छ । ईलाम नगरपालिका वडा नं. ०७, निकुञ्ज पथमा रहेको यस शाखा बैंकको १०८ औं शाखा हो ।

यस शाखाबाट पनि अन्य शाखाहरुमा झै आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र ब्यांकासुरेन्स सेवालिन सकिने छ ।

ईलामनगरपालिका तथा आसपासमा रहेका उद्यमी, व्यवसायी तथा सर्वसाधारणमा सहज बैंकिङ्ग सेवा पु¥याउने पहल स्वरुप स्थापना गरिएको यस शाखाबाट ताप्लेजुङ शाखाका ग्राहकहरुका साथै यस पयर्टकीय क्षेत्रमा यात्रागर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्तगर्न सक्नेछन् ।

यस सँगै बैंकको शाखा सञ्जाल १०८ पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan