Monday 22nd of October | २०७५ कार्तिक ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वाणिज्य बैंकहरुले घरजग्गा क्षेत्रमा कर्जा बढाए, नौ महिनामा २८ संस्थाले घरजग्गामा प्रवाह गरेको कर्जा एक खर्ब बढी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख २४ सोमबार |
newsabhiyan
newsabhiyan

सुरेश राउत, काठमाडौं, २४ वैशाख । वाणिज्य बैंकहरुले घरजग्गा क्षेत्रमा कर्जा बढाएका छन् । बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणलाई आधार मान्दा सञ्चालनमा रहेका २८ मध्ये २५ संस्थाले गत आवको तेस्रो त्रैमासिकको तुलनामा घरजग्गा क्षेत्रमा कर्जा बढाएका छन् भने एभरेष्ट, एनएमबी, नबिल र एनबीसहित चार बैंकले कर्जा घटाएका छन् ।

यस अवधिमा वाणिज्य बैंकहरुले घरजग्गा क्षेत्रमा प्रवाह गरेको कुल कर्जा रकम भने एक खर्ब रुपैयाँ नाघेको छ । गत आवको तेस्रो त्रैमासिकमा भने २८ वाणिज्य बैंकहरुले घरजग्गामा झण्डै एक खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

चुक्ता पुँजी आठ अर्ब तीन करोड ११ लाख १७ हजार रुपैयाँ रहेको एनआईसी एसिया बैंकले चालू आवका तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ३३ अर्ब ७० करोड ३७ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब नौ अर्ब तीन करोड १४ लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा घरजग्गा क्षेत्रमा आठ अर्ब २० करोड ५४ लाख ९८ हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको छ ।

गत आवको सोही अवधिमा एनआईसी एसियाले घरजग्गामा तीन अर्ब ३८ करोड १७ लाख ६५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।चुक्ता पुँजी आठ अर्ब तीन करोड ३२ लाख ३६ हजार रुपैयाँ रहेको सिटिजन्स बैंक इन्टरनेशनलले पनि चालू आवको तेस्रो त्रैमासिकमा ६० अर्ब १७ करोड ६० लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब ८१ करोड ७३ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा घरजग्गा क्षेत्रमा छ अर्ब ९३ करोड ८३ लाख ३९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत आवको सोही अवधिमा सिटिजनले घरजग्गा क्षेत्रमा पाँच अर्ब ४५ करोड ७३ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । चुक्ता पुँजी आठ अर्ब १२ लाख ५५ हजार रुपैयाँ रहेको सानिमा बैंकले पनि चालू आवको तेस्रो त्रैमासिक अवधिमा ७१ अर्ब ५१ करोड ५२ लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरी ६४ अर्ब ३२ करोड २० लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा घरजग्गा क्षेत्रमा पाँच अर्ब ५८ करोड ५७ लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको सानिमाले गत आवको सोही अवधिमा उक्त क्षेत्रमा चार अर्ब ९२ करोड ५२ लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

चुक्ता पुँजी आठ अर्ब एक करोड २१ लाख ७१ हजार रुपैयाँ रहेको सिद्धार्थ बैंकले पनि घरजग्गा क्षेत्रमा सात अर्ब ४४ करोड ११ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा सिद्धार्थले उक्त क्षेत्रमा छ अर्ब ४६ करोड ७८ लाख ८४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

नेपाल बैंकले पनि घरजग्गा क्षेत्रमा तीन अर्ब ६० करोड ३७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा नेपाल बैंकले घरजग्गा क्षेत्रमा प्रवाह गरेको कर्जा तीन अर्ब ३९ करोड ८५ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी आठ अर्ब १५ करोड २५ लाख ५६ हजार रुपैयाँ रहेको सनराइज बैंकले पनि चालू आवको तेस्रो त्रैमासिकमा ६५ अर्ब छ करोड ७९ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब ९४ करोड ३७ लाख ६५ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा घरजग्गा क्षेत्रमा तीन अर्ब ५४ करोड ६८ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत आवको सोही अवधिमा सनराइजको यस्तो कर्जा तीन अर्ब २७ करोड ६९ लाख ७७ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी आठ अर्ब ८८ करोड ८३ लाख ७६ हजार रुपैयाँ रहेको ग्लोवल आईएमई बैंकले पनि चालू आवको तेस्रो त्रैमासिकमा एक खर्ब दुई अर्ब ८२ करोड ६९ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब ७४ करोड ९५ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा घरजग्गा क्षेत्रमा तीन अर्ब ५६ करोड चार लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत आवका सोही अवधिमा बैंकले घरजग्गा क्षेत्रमा प्रवाह गरेको कर्जा रकम तीन अर्ब ४६ करोड ४७ लाख ८० हजार रुपैयाँ रहेको थियो । यीबाहेक सेन्चुरी कमर्सियल बैंक, बैंक अफ काठमाण्डू, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छे« बैंक, कृषि विकास बैंकले पनि गत आवको तेस्रो त्रैमासिकको तुलनामा चालू आवको तेस्रो त्रैमासिकमा घरजग्गा क्षेत्रमा कर्जा बढाएका छन् ।

एभरेष्ट बैंकले भने गत आवको तेस्रो त्रैमासमा घरजग्गामा पाँच अर्ब सात करोड ९१ लाख ४८ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा चालू आवको तेस्रो त्रैमासिकमा उक्त क्षेत्रमा चार अर्ब ७१ करोड ५८ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हिमालयन बैंकले पनि गत आवको तेस्रो त्रैमासिकमा घरजग्गा क्षेत्रमा तीन अर्ब ६० करोड १९ लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा चालू आवको तेस्रो त्रैमासिकमा यस्तो कर्जा घटाएर तीन अर्ब ४४ करोड ८३ लाख रुपैयाँमा सीमित राखेको छ ।

यसबाहेक नबिल, एनएमबी र नेपाल बंंगलादेश बैंकले पनि गत आवको तेस्रो त्रैमासिकको तुलनामा चालू आवको तेस्रो त्रैमासिकमा घरजग्गा कर्जा घटाएका छन् । आर्थिक दैनिकबाट । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan