Wednesday 22nd of August | २०७५ भदौ ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७५ साल जेठ ७ गते सोमवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ७ सोमबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । ज्येष्ठ महिनाको ७ गते सोमवार ।

अँग्रजी मितिः ई.सं. २०१८ मे महिनाको २१ तारिख ।

तिथीः उत्तरायण, ग्रीष्म ऋतु अधिकज्येष्ठशुक्ल पक्षको सप्तमी तिथि ।

योगः वृद्धि योग, १०ः०१ बजेपछि ध्रुव योग ।

नक्षत्रः अश्लेषा नक्षत्र ।

करणः गर करण, १५ः२० बज उपरान्त वणिज ।

चन्द्रमाः कर्कट राशिमा ।

काठमाडौंमा सूर्योदयः ०५ः१४ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः४८ बजे ।

राहुकालः ०६ः५५ बजेपछि ०८ः३७ बजेसम्म ।

यात्राः राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी उत्तर दिशाको लागि उपयुक्त ।

 

 

आजको राशिफल

मेष राशिः

मेष राशि हुनेहरुको लागि आजको दिन त्यति अनुकूल मान्न अल्लि नसकिने रहेको छ । अनायासै कसैसँग विवाद वा मनोमालिन्य हुनसक्ने सम्भावना देखिन्छ । साथीभाई तथा सहकर्मीसँग पनि कटुता हुनसक्ने भएकोले होसिरयारी अप्नाउनु बुद्धिमानी हुनेछ । व्यवसायिक कार्य तथा पारिवारिक मुद्धामा पनि संयमित भएर कार्य सम्पादन गर्नु मनासिब हुनेछ । दैनिक कार्यआदिमा साविकको भन्दा अल्लि बढी मेहनतले आंशिक उपलब्धि निकाल्न सकिनेछ । मानसिक संकिर्णतालाई हटाउन सकारात्मक सोँचविचारको अभ्यास गर्नु उपयुक्त हुनेछ । आज यहाँलाई नगरी नहुने महत्त्वपूर्ण काम गर्नुपर्दा आमा वा आमासमानकी मातृशक्तिको आर्शिवाद वा सल्लाह लिएर गर्नु शुभप्रद हुनेछ ।

 

वृष राशिः

वृष राशिका व्यक्तिहरुको लागि आजको दिन हुनलाई दिनलाई उपलब्धिमूलक बनाउन सकिने गोचर परेको छ । तथापि उन्मादी हौंस्याहट बढ्नाले कम उपलब्धिले चित्तबुझाउन पर्ने सम्भावना देखिन्छ । सावधानि र लगनशीलतापूर्वक आफ्नो पेशालाई निरन्तरता दिएमा व्यवसायले फट्को मार्ने र आर्थिक एवम् भौतिक कठिनाई कम गर्नसकिने छ । स्वजनको सहयोग र प्रसंशा मिल्नेछ । तीन अङ्क, हरियो रङ्गको प्रयोगको साथमा विशेष काममा आउने कष्ट एवम् कठिनाइको निवृतिको लागि श्रमिक वर्गको हितमा काम गर्नु अथवा सहयोग पुर्याउनु हितकर हुनेछ ।

 

मिथुन राशिः

मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन अतिथि सत्कार गर्न पाइने सम्भावना छ । घरपरिवारमा कुनै विवाह आदि माङ्गलिक शुभकार्यको प्रसङ्ग चल्नसक्ने तथा नयाँ पारिवारिक सदस्य बढ्नसक्ने वा सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ । व्यवसाय तथा कार्यक्षेत्रमा प्रगति हुनगई राम्रो आर्थिक लाभ हुने तथा बैंकब्यालेन्स बढ्ने छ । परोपकार आदि समाजसेवाबाट सन्तुष्टि मिल्ने छ । प्रशंसकहरु बढ्नेछन् । वाणीमा मिठास आउने छ र मान्छेहरुलाई बोलीवचनले प्रभाव पार्न सकिनेछ । शारीरिक पौरख पनि बढ्ने तथा प्रतिस्पर्धा आदिमा सफलता मिल्ने र उत्साह बढ्ने दिन छ । आज यहाँको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग फापकर हुनेछ ।

 

कर्कट राशिः

कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल हुँदाहुँदै पनि ग्रहको केही अवरोधको कारणले अपेक्षित उपलब्धि भेट्टाइहाल्न केही कठिनाई देखिएको छ । तथापि केहीहद्सम्म व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य अगाडि बढाउन सकिने छ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । अभिष्टकार्यमा सफलताको लागि गुरु बृहस्पतिका प्रतिमूर्ति विद्वान गुरुजनबाट आर्शिवाद लिनु वा खुशी पार्नु बुद्धिमानी हुनेछ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग शुभ रहनेछ ।

 

सिंह राशिः

सिंह राशि हुनेहरुको लागि आजको दिन कार्यक्षेत्रमा अल्लि बढी मेहनत गर्नुपर्ने देखिएको छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न तथापि केही संघर्षको बाबजुत पनि अन्त्यमा परिणाम सुखद आउने छ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । व्यवहारिक औपचारिकता निर्वाह गर्नपर्ने भेट्घाट आदि पक्षमा दानदातव्य, सहयोग गरेर खर्चको सदुपयोग गर्नु उचित हुनेछ । आज यहाँलाई कुनै मातृशक्तिको सहयोग मिल्नसक्ने छ । त्यस्तै ३ अंक र पहेंलो रङ्ग यहाँलाई आज शुभ हुनेछ भने परोपकारले सन्तोष दिनेछ ।

 

कन्या राशिः

कन्या राशि हुनेहरुको लागि आजको दिन सत्कर्मबाटै आय–आम्दानी गर्नसकिने छ । अन्यान्य कमाइतर्फ बुद्धि फिराउँदा हुने आम्दानी पनि फुत्कने र पछुतो पर्नसक्ने छ । कुधनको चेष्टाप्रति आत्मसंयमको जरुरी देखिन्छ । अपेक्षा तथा आश्वासन गरेको तर्फबाट हुने उपलब्धि नहुँदा अल्लि खल्लो महसूस हुनसक्ने छ । तथापि सामान्यतया दैनिक कामकार्य एवं पेशागत व्यवसायिक गतिविधि चालुनै रहनेछ । आज यहाँले दुई अङ्क, सेतो रङ्गको उपयोग फापकर हुनसक्नेछ ।

 

तुला राशिः

तुला राशिहुनेहरुको लागि आजको दिन केही मानमर्यादा एवं अवसरको सम्भावना छ तर आफ्नै व्यवहारमा कमिकमजोरी रहनाले तथा आत्मबलमा ह्रास आउनाले प्राप्त हुने उपलब्धिलाई सम्हाल्न नसिकने हो कि भन्ने लक्षण देखिन्छ । विशेष गरी कामकार्यमा विपरितलिङ्गीबाट असहयोग हुनसक्नेछ । तथापि राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी थपिनसक्ने लक्षण छ । व्यापार व्यवसायबाट केही लाभ गर्नसकिने छ भने उच्च आहोदाका व्यक्तित्त्वसँग भेटघाट हुनसकिने र आडभरोसाजन्य आश्वासन मिल्नसक्ने छ । यहाँलाई आज एक अंक, रातो रङ्ग शुभ रहने छ ।

 

वृश्चिक राशिः

वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन अध्यात्मिक तथा आस्तिक भावना बढ्ने र धार्मिक कार्य सम्पादन हुने ग्रहगोचर परेको छ । केही दबाब वा दोषको सामना गर्न चाहीँ नपर्ला भन्न सकिन्न । तथापि सत्यमा रहने र साहस एवम् दृढता बढाउनाले सफाई एवम् सफलता मिल्ने देखिन्छ । यात्रायोजना एवम् नयाँ कार्यको चिन्तन तथा थालनीलाई गोचरले साथ दिइरहेको छ । पेशागत लाभ पनि हुने योग परेको हुनाले व्यापार व्यवसाय तथा पेशाको क्षेत्रबाट आर्थिक लाभ गर्नसकिने छ । नौ अंक पहेलो रंग र धार्मिकजनको आर्शिवाद लिनु यहाँको लागि आज उपयुक्त हुनेछ ।

 

धनु राशिः

धनु राशि हुनेहरुको लागि आजको दिन सोँचेभन्दा बढी संघर्ष पर्ने खालको देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ, हतार नगर्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । विभिन्न तनाब व्यहोर्न पर्नसक्ने कुरालाई गोचरले लक्षित गरिरहेको छ ।

 

मकर राशिः

मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन रमाइलो भएरै बित्नेछ । व्यवसायिक कामकार्य ठिकै रुपमा सुचारु हुनेछन् । व्यवहारिकता तथा औपचारिकता निभाउनु पर्ने वातावरण पनि बन्ने छ । दाम्पत्य एवं प्रेम जीवनमा समझदारी कायम गर्न सकिने छ । प्रेमाभिलाषीहरुको लागि पनि कुरो मिलन बिन्दुमा ल्याउन सकिनेछ । दैनिकी कामबाट लाभ र सन्तोषको प्राप्ति हुनेछ । आज तपाईको लागि मान्यजनको दर्शनभेट् फापकर हुनेछ ।

 

कुम्भ राशिः

कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन पराक्रम बढ्ने रहेको छ । तथापि गन्तव्यचुम्न संघर्ष देखिएको छ, जस निवारणको लागि भैरवदेवलाई खुशि बनाउनु बुद्धिमानी हुनेछ । बाँकी गोचर स्थिति अनुकूल छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ । आज यहाँलाई छ अंक, हरियो रङ्गको प्रयोग फापकर हुनेछ ।

 

मीन राशि:

मीन राशिका व्यक्तिहरुको लागि आजको दिन अल्लि घमण्ड पनि बढ्ने होकि भन्ने सम्भावना छ । त्यसलाई संयम गर्नसकेको खण्डमा विद्या बुद्धि बढ्ने, ज्ञानीजनहरुसँग भेट्घाट हुने र मनमा पनि विद्वतताको विचार स्फुरण भइरहने छ । अध्यापक एवं प्रवचकहरुमा ज्ञानवृतिले मान्छेहरुलाई आकर्षण गर्ने शक्ति बढ्ने छ । सन्तानक्षेत्रबाट पनि सन्तोष मिल्नेछ । सैद्धान्तिक एवं नीतिगत क्षेत्रमा पनि प्रगति हुने र मान्छेहरुले तारिफ गर्ने छन् ।

 

सम्पर्क बिवरण:-

 

ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)

ॐ आयुर्वेद आरोग्यशाला तथा, ज्योतिष परामर्श सेवा

कमलमार्ग १७२ केसीटोल कमलपोखरी, काठमाडौं,  नेपाल ।

सम्पर्ण नम्बर : ९८४१२२३१२६, ९८०३८७९९७८, ४४३१७४७

काठमाडौं बाहिरः कोहलपुर न.पा. ५ शान्तिनगर, बाँके ०८१–५४०५३४

Email: astrodeepakguru@gmail.com, aaarogyashala@gmil.com , aumayurved@yahoo.com

फेसबुक :  https://www.facebook.com/jyotishdeepakguru


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan