Saturday 18th of August | २०७५ भदौ २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जान्नुहोस् यी ३ कुरा भएका पुरुष कहिल्यै पनि खुशी हुन सक्दैन -भिडियो हेर्नुहोस् !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ८ मंगलबार |
newsabhiyan
newsabhiyan

भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख(समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन ।

कुनै पनि ब्यक्तिको भाग्यले साथ दिइरहेको छ कि छैन भन्ने कुरा उसको परिस्थिति हेरेर भन्न सकिन्छ ।शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ ।

चाणक्य नीति भन्छः

वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्।

भोजनं च पराधीनं त्रयस् पुंसां विडम्बनास्।।

यसको अर्थ हो कुनै पनि पुरुषकी पत्नीको मृत्यु भयो वा अर्कैसँग गइ भने यो दुर्भाग्यको कुरा हो ।

यदि यौवनावस्थामा नै जीवन साथीको साथ छुट्छ भने यस्ता पुरुषले त पुनः विवाह गर्न सक्लान् तर अलिक उमेर गएपछि यस्तो हुनु सबैभन्दा दुखःद हुन्छ ।

लोग्ने मानिसको जीवनमा वृद्धावस्थामा पत्नीको साथ सबैभन्दा बढि महत्वपूर्ण मानिएको छ । बुढेसकालमा एक्लो हुनु निराशा र दिक्दारीको कारण बन्छ । यसैले यस्ता पुरुषलाई अभागी भनिएको छ ।

शत्रुको हातमा परेको धन

चाणक्य भन्छन् कुनै पनि पुरुषको धनमाल शत्रु वा खराब भाइको हातमा परेको छ भने त्यस्तो व्यक्ति अभागी हो ।

आफूले कमाएको धन अरुको हातमा पर्नु दुर्भाग्यको कुरा हो । आफूले कमाएको धन अरुको हातमा पर्नु आफैमा दुःखद त हो नै त्यो धन आफै विरुद्ध समेत प्रयोग हुन सक्छ ।

अरुको घरमा गुलाम

कुनै पनि पुरुषको लागि अरुको घरमा बस्न पर्नु वा अझ गुलामी गर्न पर्नु सबैभन्दा दुखको कुरा हो । यस्ता पुरुषलाई पनि चाणक्यले अभागी भनेका छन् ।

यस्ता ब्यक्तिलाई कुनै पनि काम गर्दा अर्कैको आदेश पर्खिनु पर्छ । गुलाम बनेर वा अर्काको घरमा बस्ने पुरुषको स्वतन्त्रता भन्ने चिज नै हुँदैन ।

यस्तो व्यक्ति तन मनले दुःखी हुने भएका कारण पक्का अभागी भएको चाणक्यको भनाइ छ । अतः कुनै पनि पुरुषले आफूलाई यी तीन अवस्थाबाट जोगाउने प्रयास गर्नु पर्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan