Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘नायिका श्वेताको माझी बस्तिलाई सहयोगको ओइरो’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ८ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ८ जेठ । सिन्धुपाल्चोकको ईन्द्रवती नदी किनारका ५३ घर माझी बस्तिको लागि एकिकृत बस्ती निर्माणको घोषणा गरेको एक बर्ष सम्म पनि निर्माणको काम नसकिए पस्चात हिजो माझी बस्तीको स्थलगत निरिक्षण गर्ने पुगेकी नायिका श्वेता खड्का फिल्ड भिजिट पस्चात दंग भएकी छिन् ।

सिएमएस ग्रुपले माझी बस्तिमा बन्ने घरहरुको लागि प्रदान गरेको बाथरुम र ट्वाईलेटको सामाग्रीहरु सहित माझी गाउँ पुगेकी श्वेतालाई अहिले धेरै संघ संस्थाले सहयोगको हात बढाई रहेका छन् । केही दिन अगाडि ग्लोबल आईेमई बैंकले ५३ घरको लागि १००० लिटरको ५५ ओटा खानेपानी ट्याङ्की सहयोग गरेको थियो ।

त्यस्तै मानव अधिकारका लागि महिला (ड्ब्लु एच आर) कि प्रमुख लिली थापाको अगुवाइमा माझी बस्तिमा सामुदायिक भवन निर्माण गर्ने कामको सुरुवात हुन लागेको बताउदै नायिका खड्काले भन्छिन् ‘मेरो अभियानमा मनकारीहरुको साथ बढ्दै छ र यसले मलाई थप उत्साहित पनि बनाएको छ ।’

निर्माणाधिन एकिकृत बस्ती निर्माणको लागि आफुले अगुवाई मात्रै गरेको बताउँदै नायिका खड्का थप्छिन् ‘यो परियोजना मेरो मात्रा होइन, हामी सबैको हो । सबैले आ आफ्नो ठाउँबाट सकेको सहयोग गरेर एउटा पुण्य काममा आफ्नो पनि सहभागीता देखाउने एउटा उपयुक्त थालो पनि ।’

भर्खरै ‘कान्छी’ सिनेमाको निर्माण, अभिनय र प्रदर्शनको ‘ह्याङग’ बाट मुक्त भएकी नायिका खड्का यतिखेर आफ्ना चिनेजानेकाहरुसंग माझी बस्ती निर्माणको लागि भलाकुसारी गर्नमा ब्यस्त छिन ।

‘म यो अभियानमा धेरैभन्दा धेरै सहयोगी हातहरु जुटाउने प्रयासमा लागि रहेकी छु’ नायिका खड्का भन्छिन् ‘अहिले सम्म जो जो यस अभियानमा जोडीन आउनु भएको छ उहाँहरुको साथ र सहयोगले म झनझन उत्साहित भएकी छु र एउटा नमुना बस्ती बनाउन सफल हुन्छु भन्नेमा शाहस बढेको छ ।’

केही दिन अगाडि मात्रा काठमाडौं, सामाखुशी निवासी हरी बहादुर भण्डारीले उनलाई घरमै बोलाएर ५ लाख ६५ हजार सहयोग गरेको स्मरण गर्दै श्वेताले भनिन् ‘यहाँ धनसंगै मन हुनेहरुको कमी छैन, समाज बिकासमा आफ्नो योगदान दिन चाहनेहरु धेरै छन् ।

तर, उहाँहरुको विश्वास जित्न सक्नु पर्छ, म अहिले सहयोगिहरुको विश्वास जित्ने प्रयासमा लागि रहेकी छु’ बिगत ३ बर्ष देखि जस्ताको टहरो भित्र चर्को घाम, अत्यासलाग्दो हुरी र काठयाङ्ग्रिने जाडो पार गर्दै आईरहेका माझी परिवारको आँखामा खुशी देख्ने श्वेताको सपना साकार हुने दिशामा छ ।

गत बैशाखमै काम सम्पन्न गर्ने योजना रहेता पनि बिभिन्न कारणले गर्दा आफुले बाचा पुरा गर्न नसकेकोमा दुःख लागेको बताउँदै श्वेता भन्छिन् ‘समय, परिस्थिती र माहौल आफ्नो बसमा नहुँदो रहेछ । समस्या र चुनौतिहरुसंग जुध्दा जुध्दै तोकिएको समय बित्यो ।’

बस्ती निर्माणको काममा ढिलाई हुनुको स्थलगत रिपोर्ट लिनको लागि माझीगाउँ पुगेकी श्वेताले धेरै चासो दिएर निर्माण स्थल घुमिन् । स्थानीय युवाहरुसंग भलाकुसारी गर्दै बस्ती निर्माणको वर्तमान अवस्थाबारे चासो समेत ब्यक्त गरिन।

‘म बारम्बार आउन पाउँदिन, हाम्रो सानो टिम खटिएको छ, तीन जनाको टिमले स्थानिय जनतासंगको सहकार्यमा निर्माण कार्यलाई यहाँसम्म ल्याईपुर्‍याउनु पनि एउटा सफलता हो’ बस्ती घुम्ने क्रममा श्वेताले परियोजना ढिलाईको कारण बारे प्रस्ट्याउँदै भनिन् ‘मुख्यतः घर निर्माणको लागि आवश्यक इन्टरलक ब्रिक समयमा उपलब्ध नहुनुलेनै निर्माणकार्य ढिला भएको बुझियो’ अरनिको हाईवेबाट १० किलोमिटर कच्ची बाटो छिचोलेर सामान दुवानी गर्नु पर्ने  कठिन परिस्थितीले पनि परियोजना समयमै सकिन मुस्किल परेको बताउँदै नायिका खड्काले भनिन् ‘आज पनि हामी निक्कै मुस्किलका बावजुद यहाँसम्म आईपुग्यौ ।’

पानी पर्नासाथ यातायात चल्ननै मुस्किल हुने कच्ची बाटोका कारण समान दुवानी गर्नमा चुनौती थपिएकोले सप्लायर्सहरु माझी गाउँसम्म सामान दुवानी गर्न हिच्किचाउने गरेको स्थानियको गुनासो छ । सरकारी अनुदान पनि समयमा नपाउनु परियोजना ढिलाइको अर्को प्रमुख कारण हो ।

सरकारी अनुदान  र बैंकको सहुलियत् ऋण रकम मार्फत पहिलो चरण अन्तर्गत ५३ ओटा घरको निर्माण गर्ने र पारीयोजनाको दोश्रो चरण अन्तर्गत श्वेता श्री फाउण्डेशन मार्फत अन्य भौतिक पुर्वाधारहरु निर्माण गर्ने भनियता पनि सरकारी अनुदान र बैंकको सहुलियत ऋण प्रकृया नै सुस्त र झन्झटीलो भएको स्थानियको गुनासो छ ।

एकिकृत बस्तीको लागि सरकारले  बिशेष ब्यवस्था वा सहज र सरल प्रकृया अपनाई दिएको भए अहिले सम्म बस्ती निर्माण भईसक्ने बताउँछन् श्वेता श्री फाउण्डेशनका ब्यवस्थापक यज्ञराज कार्की । ‘देर आए दुरुस्त आए’ भने झै परियोजनाको काम ढिला भएता मास्टर प्लानमा कोरिएको खाका भन्दा पनि अझ परिस्कृत ढाँचामा बस्ती निर्माण हुँदै गएको प्राविधिक प्रकाश दाहालको भनाई छ ।

बस्तीको लागि आवश्यक पुर्वाधारहरुको ब्यवस्थापनमा मौलिकता झल्काउने र एउटा सुन्दर पर्यटकिय गन्तब्यको रुपमा बिकास गर्ने सोच अनुरुप केही योजनाहरु थपिएको बताउँछन उनी । एकिकृत नमुना माझी बस्तीलाई होम स्टे गन्तब्यको रुपमा बिकास गरी जिलाकै नमुना पर्यटकिय स्थलको रुपमा बिकास गर्नको लागि तल्लिन नायिका श्वेता खड्कालाई न्युज अभियानको तर्फबाट सफलताको हार्दिक शुभकामना ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan