Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७५ साल जेठ १० गते बिहीवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १० बिहिबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । ज्येष्ठ महिनाको १० गते बिहीवार ।

अँग्रजी मितिः ई.सं. २०१८ मे महिनाको २४ तारिख ।

तिथीः उत्तरायण, ग्रीष्म ऋतु अधिकज्येष्ठशुक्ल पक्षको दशमी तिथि, २०ः३२ बजेपछि एकादशी तिथि ।

योगः बज्र योग, २३ः२९ बजेपछि सिद्धि योग ।

नक्षत्रः उत्तरफाल्गुनी नक्षत्र, २२ः०७ बजेपछि हस्त नक्षत्र ।

करणः तैतिल करण, ०९ः१७ बजे उपरान्त गर करण, २०ः३२ बजेपछि वणिज करण ।

चन्द्रमाः कन्या राशिमा ।

काठमाडौंमा सूर्योदयः ०५ः१३ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः५० बजे ।

राहुकालः १३ः४३ बजेपछि १५ः२५ बजेसम्म ।

यात्राः राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी पूर्व दिशाको लागि उपयुक्त ।

 

 

आजको राशिफल

मेष राशिः

मेष राशि हुनेहरुको लागि आजको दिन सकारात्मक देखिएको छ । स्वास्थ्यमा आरोग्यता प्राप्ति हुने र शारीरिक सुन्दरता बढ्ने छ । शत्रु तथा विरोधीपक्षसँग प्रभावकारी तरिकाबाट मुकाविला गर्न सकिनेछ । र प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । व्यवसायिक पेशाबाट पनि राम्रो उपलब्धि गर्नसकिने छ । दिन अनुकूल रहेकोले आज रोकिएर रहेका कामलाई पूरा गर्न प्रयत्न गर्नु तथा स्वकर्मलाई बढी जोड्गर्नु मनासिव हुनेछ । आज यहाँलाई हरियो रंग, छ अंक अनुकूल रहने छ भने विपक्षीहरुसँग रणनीतिक ढङ्गले सहमती गर्नु उपयुक्त एवम् बुद्धिमानी हुनेछ ।

 

 

वृष राशिः

वृष राशिका व्यक्तिहरुको लागि आजको दिन बुद्धिविवेकको प्रयोग गर्न पाइने दिन छ । विद्यार्थीको लागि बढी उपयोगी दिन रहनसक्ने छ । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्नसकिने र प्रशंसा पनि मिल्नेछ । कला कुशलता बढ्ने र सैद्धान्तिक पक्षमा खरो उत्रन सकिने छ । कर्मक्षेत्र तथा व्यवसायमा प्रगति हुनाले आर्थिक लाभ गर्न पनि सकिने छ । सन्ततीको तर्फबाट सुख एवम् सन्तोष पाइनेछ । आज यहाँलाई पाँच अंक, रातो रङ्गको व्यवहारिक प्रयोग शुभ हुनेछ भने विद्यार्थी भाईबहिनी वा शिक्षाक्षेत्रलाई सहयोग गर्नु पूण्यकर हुनेछ ।

 

मिथुन राशिः

मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल मान्न अल्लि नसकिने खालको दिन छ । तपाईबाट जनव्यवहारमा खेलिएको भूमिका अल्लि नमिल्न तथा तालमेल नखानसक्ने देखिएकोले सावधानी अप्नाउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि संघर्षको अनुभूति हुनसक्ने छ । हतारमा भन्दा धैर्यताको अभ्यासपूर्वक कर्मक्षेत्रमा खट्नु भएमा केही लाभ प्राप्त हुनेछ । सोँचेभन्दा विपरित फल प्राप्त हुनसक्ने भएकोले अत्यावश्यकभन्दा बढी सरोकार नराखेकै उचित हुनेछ । वादविवादको समेत सम्भावना रहेकोले सम्भावित द्वन्दबाट बच्न यत्न गर्नुहोला । आज यहाँको लागि चार अंक, सेतो तथा उज्यालो रङ्ग शुभ रहनेछ भने नगरी नहुने कार्य सम्पादन गर्दा आमाबाट आज्ञा लिएर गर्नु उपयुक्त हुनेछ ।

 

 

कर्कट राशिः

कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन बढी ईच्छाएको काम वा विषयमा अबरोध सृजना हुने वा विलम्ब हुनसक्ने देखिएको छ । तथापि पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन गर्ने विषयमा विचार विमर्श हुनेछ । मानमर्यादा गर्नुपर्ने व्यक्तित्त्वलाई खुशी बनाउनु तथा उहाँहरुबाट आर्शिवाद लिने गर्नाले ग्रहदोष न्यून भई महत्त्वपूर्ण काम फत्ते गर्न मद्दत हुनेछ । सामान्य दैनिकीको पक्षमा ग्रहले राम्रै बल दिइरहेको देखिन्छ । कामकार्यमा रुचि बढ्ने छ । स्वजनसँग भेटघाट हुने र सहयोग पाइने छ । प्रतिस्पर्धा जन्य काममा पनि अग्रता हासिल हुनेछ । आज यहाँलाई तीन अंक र हरियो रङ्गको प्रयोग बढी फापसिद्ध हुनेछ ।

 

सिंह राशिः

सिंह राशि हुनेहरुको लागि आजको दिन ग्रहगोचरको केही अबरोधको बाबजुत पनि उमंग उत्साह बढ्ने खालको रहेको छ । आर्थिक लाभको संयोज जुट्ने छ भने प्राकृतिक रमाइलोपन मिल्ने छ । कार्ययोजनादिको बारेमा संवाद हुनसक्ने र नयाँ कार्यमा लगानी आदिको अवसर मिल्नसक्ने छ । अबसरको सदुपयोग गर्न जाने बोलीवचन एवं प्रवचन–भाषण आदिमा वाणीको ओजस्वीता बढ्नसक्ने छ । आज यहाँलाई दुई एवम् तीन अंक, सेतो र हरियो रङ्ग शुभ हुनेछ ।

 

 

कन्या राशिः

कन्या राशि हुनेहरुको लागि आजको दिन ग्रहको प्रतिकूलताले यहाँलाई असफल कार्यप्रति उल्क्याई रहेको हुनाले चन्द्रको अनुकूलताले दिन खोजेको उपलब्धिको दुरुपयोग हुने हो कि भन्ने डर देखिइरहेको छ । मनोआवेगलाई संयम गरेर समयको सदुपयोग गर्न सके दिनलाई सुध्रिएको तथा अनुकूल मान्नसकिन्छ । नयाँ व्यवसायिक कार्यको चिन्तनमनन् हुने तथा लगानीको अवसर मिल्नसक्ने छ भने नोकरी आदिको खोजीमा रहेकाहरुको लागि पनि दिन सकारात्मक देखिएको छ । विद्वानगुरुजनको आशिर्वाद ग्रहण गर्नु हितप्रद हुनेछ ।

 

तुला राशिः

तुला राशिहुनेहरुको लागि आजको दिन संघर्ष गर्नपर्ने देखिएको छ । अल्लि बढी कोसिसले मात्रै थोरै सफलता हात लाग्न सक्नेछ । खर्च बढ्ने ग्रहयोग रहेकोले फजुल विषयबाट बुद्धिमतापूर्वक पन्छिनु उचित हुनेछ । मानसिक चञ्चलतालाई धैर्य र संयम धारण गरी नियन्त्रण गर्न नसकेमा खतिक्षति हुने कुरालाई नकार्न सकिन्न भने मालसमान हराउनसक्ने सम्भावनालाई पनि गोचरले देखाइरहेको छ । पारिवारिक आवश्यकता बढ्ने र सञ्चित धर्नको व्यय भएपनि स्वकर्ममा लगनशील हुनाले केही पेशागत लाभ गर्नभने सकिने छ । सदाचारको व्यवहारले प्रतिकूल तथा संघर्षको परिस्थितिलाई सहज बनाउनसकिने छ । सावधानीपूर्वक मानसिक बल बढाउनु उचित हुनेछ ।

 

वृश्चिक राशिः

वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन भौतिक उन्नति हुनेछ । प्रतिस्पर्धामा विजय एवं ख्याति मिल्ने छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानको पक्षबाट पनि सन्तोष लिनसकिने छ । दिनको सदुपयोग गर्नाले अधुरा रहेका कामलाई पूर्णता दिनसकिने छ । स्वकार्यलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना छ भने प्रेमाभिलाषिहरुको लागि प्रेमसम्बन्ध जोडिनसक्ने पनि सम्भावना छ । आज यहाँलाई दुई अङ्क, सेतो रङ्गको उपयोग फापकर हुनेछ ।

 

धनु राशिः

धनु राशि हुनेहरुको लागि आजको दिन गोचर ग्रहको प्रभाव मिश्रित देखिएको छ । बढी आसक्ति गरेको मुख्यकाम प्रभावित हुनसक्ने देखिन्छ । स्वार्थपरक सम्मान मिल्नसक्ने छ । प्रस्तावमा केही कुटिलपन पनि लुकेको हुनसक्छ ख्याल गर्नु बुद्धिमानी होला । सामान्य दैनिकी कामकार्य भने ठिकै रुपमा सञ्चालित हुनेछन् । मान्यजनप्रतिको श्रद्धाव्यवहार अल्लि बढाउनु पर्ने देखिन्छ । केही विशेष योजना बन्नसक्ने, औकात अनुसारको सफलता मिल्ने, वरिष्ठताको श्रेणी एवं व्यवसायिक लाभ हुनसक्ने छ । आज तपाईँको लागि एक र दुई अङ्क, रातो र सेतो रङ्गको उपयोग उपयुक्त हुनेछ भने ।

 

 

मकर राशिः

मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन सामान्यतया आफूभन्दा माथिल्लो तहबाट केही दबाब आउनसक्ने छ । केही मलिनताको पनि प्रत्याभूति हुनसक्ने छ तथापि अध्यात्मिक तथा आस्तिक भावना बढ्ने र धार्मिक कार्यप्रति उत्प्रेरणा जागृत हुने दिन रहेको छ । समाजसेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा पनि लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा परिवारिक विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ भने जागिरबाट पनि सन्तोष भइनेछ । आज यहाँहरुलाई नौ अङ्क, पहेलो रङ्गको प्रयोग गर्नु शुभ हुनेछ ।

 

कुम्भ राशिः

कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन त्यति सहज देखिएको छैन । स्वास्थ्यमा गडबढी हुनसक्ने र गरिरहेको कामकार्यमा पनि झमेला आइलाग्नसक्ने सम्भावना छ । समयको प्रतिकूलतालाई नबुझि कुनै पनि कार्यमा हतार गर्दा उल्टो परिणाम आउनसक्ने र हानी नोक्सानी व्यहोर्नुपर्ने हुनसक्ने छ, ख्याल पुर्याउनु होला । यस्ता केही प्रतिकूलताको बाबजुत पनि स्वकर्ममा तल्लिन हुनाले अप्रत्यासित ढङ्गबाट कुनै उपलब्धि हातपर्न भने सक्ने देखिन्छ । आज आठ अंक, रातो रङ्ग शुभ हुनेछ भने रोगीको सेवाले पूण्य दिनेछ ।

 

मीन राशि:

मीन राशिका व्यक्तिहरुको लागि आजको दिन जीवनसाथी तथा प्रेमीको सहयोगी भूमिकामा बृद्धि हुनेछ । विवाह वा प्रेमी सम्बन्धको चर्चा एवं वातावरण बन्नसक्ने छ । देश परदेशको यात्रा हुनसक्ने सम्भावना छ । पेशा तथा व्यापार व्यवसायबाट आर्थिक लाभ हुनसक्ने छ । सामाजिक प्रतिष्ठामा बढ्ने र मानसम्मान प्राप्त हुनेछ । कृषिकर्मीको लागि पनि दिन उपलब्धिमूलक रहनेछ । राजनीतिक कर्मीको लागि जिम्मेवारी मिल्नसक्ने छ । आ“टसाहस बढ्ने, रमाइलो वातावरण सृजना हुने, आफन्तिको शुभसमाचार सुन्न पाइने र मनमा शान्ति एवं अमनचैन हुनेछ । आज सात अङ्क, सेतो रङ्गको उपयोगिता र उपहार व्यवहार तपाईँको लागि फाइदाप्रद हुनेछ ।

 

 

सम्पर्क बिवरण:-

ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)

ॐ आयुर्वेद आरोग्यशाला तथा, ज्योतिष परामर्श सेवा

कमलमार्ग १७२ केसीटोल कमलपोखरी, काठमाडौं,  नेपाल ।

सम्पर्ण नम्बर : ९८४१२२३१२६, ९८०३८७९९७८, ४४३१७४७

काठमाडौं बाहिरः कोहलपुर न.पा. ५ शान्तिनगर, बाँके ०८१–५४०५३४

Email: astrodeepakguru@gmail.com, aaarogyashala@gmil.com , aumayurved@yahoo.com

फेसबुक :  https://www.facebook.com/jyotishdeepakguru


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan