Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दीप बस्न्यातको मानव तस्करी पर्दाफास, छोरा बचाउन यस्तो चाले चाल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १० बिहिबार |
newsabhiyan

काठमाडौं,१० जेठ ।  दीप बस्न्यातको लगानी रहेको याख्खा ओभरसिजमा प्रहरीले आज छापा मारेको छ । कालो धन सेतो बनाउने अखडा  पर्दा पछाडी दीप बस्न्यातको लगानी रहेको उक्त ओभरसिज उनका छोरा कमल बस्न्यातले संचालन गर्दै आएका छन् ।
 
काठमाडौंको महाराजगंजमा रहेको याक्खा ओभरसिजमा प्रहरीले छापा मारेरको हो । मूख्य संचालक गुमनाममा पार्दै अर्का देखावटी संचालक भीमबहादुर रोक्कालाई पक्राउ गरेको हो। ओभरसिजबाट प्रहरीले कागजातसमेत बरामद गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिएका छन।
 
दीप बस्न्यातको कालो धनले नपुगेर बैदेशिक रोजगारीका क्रममा मलेसिया पठाउँदा गरिव नेपाली युवासँग माइग्रामका नाममा उक्त ओभरसिजले १ सय २५ रिंगिट ९करिब १५ हजार० लिने गरेको थियो ।
 
माइग्रामको नेपालस्थित एजेन्ट रहेको उक्त म्यान पावर अबैध रुपमा रकम असुलीमा लिप्त भएपछि प्रहरीले छापा मारेको हो । म्यानपावरका अर्का संचालक अख्तियारका पुर्ब प्रमुख आयुक्त दीप बस्नेतका छोरा कमल बस्नेत फरार रहेको प्रहरीले बताएको छ । अख्तियारका पुर्ब प्रमुख आयुक्त दीप बस्नेतले पैसाको आडमा छोरालाई जोगाउन भित्रभित्रै कुरा मिलाई सकेको  स्रोत बताउँछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan