Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा रक्तदान

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १२ शनिबार |
newsabhiyan

काठमाडौँ, १२ जेठ (रासस) : अन्तर्राष्ट्रिय सगरमाथा दिवस (मे २९) को अवसरमा सगरमाथा आरोही संघले वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

सगरमाथा आरोही स्वर्गीय प्रकाश दाहाल र सम्पूर्ण दिवंगत आरोहीहरुको स्मृतिमा आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभयो ।
बिहान ७ बजेदेखि शुरु भएको एकदिने रक्तदान कार्यक्रममा ११ बजेसम्म करीब एक सय जनाले रक्तदान गरिसकेका छन् । सो अवसरमा अध्यक्ष ‘प्रचण्ड’ ले नेपाललाई संसारमा चिनाउने सगरमाथाको अझै प्रचार–प्रसारको आवश्यकता औँल्याउनुभयो ।

संघकी अध्यक्ष माया शेर्पाले संघले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जानकारी दिनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan