Monday 22nd of October | २०७५ कार्तिक ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कालीमाटी डीएसपी प्रदिप क्षेत्रीको चेत खुलोस् , ‘गणतन्त्रमा सबै नागरिकको पहुँच सबै ठाउँमा पुग्छ’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १२ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,१२ जेठ । नेपाल प्रहरी संगठनमा प्रवेश गरि देश र जनताको सेवा गर्ने संकल्पका साथ छनोट प्रक्रियामा सफलता प्राप्त गर्ने प्रहरी अधिकारीले करिव १ वर्ष कठोर आधारभूत तालिम सम्पन्न गरे पश्चात् ‘सत्य सेवा सुरक्षण्’ मुल मन्त्र प्रति आफ्ना अभिभावक वा मान्यजनबाट सपथ लिएर संगठन प्रवेश गर्ने प्रहरी अधिकारीले आफ्नो दायित्व तथा संकल्प बिर्सन्छ भने त्यस्ता व्यक्तिबाट राज्य वा संगठनले कस्तो अपेक्षा राख्ने ? पछिल्लो समय नेपाल प्रहरी संगठनका केही सदस्यका क्रियाकलापले यस्तै प्रश्न खडा गरिदिएको छ ।

सुन तस्करीमा संलग्न, हत्याकाण्डमा सहयोगी भूमिका, विभिन्न अनियमितता वा अवैद्य क्रियाकलापमा संलग्न वा सहयोगीको भूमिका निर्वाह गरेको वा संगठनको आचार संहिता बाहिरका क्रियाकलापमा संलग्न भएकोमा प्रहरीका केही सदस्यले कारवाही भोगेको, भोगीरहेको र भोग्ने क्रममा रहेको अवस्था दिनानूदिन बढीरहेका बेला पछिल्लो पटक कालीमाटी प्रहरी वृत्तका डीएसपी प्रदिप क्षेत्रीले पिडीतलाई न्याय दिनु त कता–कता को कुरा ? उल्टो ‘उजुरबाजुर गर्न तलाईं कसले उस्कायो ? तँ गाउँको मान्छे, गृह मन्त्रालय जान सक्ने तेरो हैसियत नै छैन !’ भन्दै हकारपकार गरेको पिडीतले गुनासो गरेका छन् ।

आफ्नो निर्दाेष छोरालाई लागू औषधका एक फरार अभियुक्तले फसाएपछि र स्वयम् प्रहरीले समेत निष्पक्ष अनुसन्धान नगरिदिएपछि आफ्नो पिडालाई उजुरीका रुपमा गृह मन्त्रालयदेखि प्रहरीका विभिन्न निकायमा जानकारी गराएपछि शुक्रबार कालीमाटी प्रहरी हिरासतमा रहेका कलैया उपमहानगरपालिका–५ का १८ वर्षिय मुन्ना महमदका बाबु सफि महमद र आमा रुमासा खातुनलाई कालीमाटी वृत्तका डीएसपी प्रदिप क्षेत्रीले दिनु धम्की दिएका छन् ।

आफ्नो छोरा निर्दाेष रहेको तर, षड्यन्त्रमुलक ढंगबाट उसलाई लागू औषधसहित पक्राउ गरीएको भन्दै घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कारवाही गर्न मुन्नाका बाबु सफि र आमा रुमासाले शुक्रबार नै गृह मन्त्रालयसहित प्रहरीका विभिन्न निकायमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा महानगरीय प्रहरी परिसर, काठमाडौंले डीएसपी क्षेत्रीलाई डाकेर घट्नाको पुनः अनुसन्धान गर्न आदेश दिएपछि बर्बराउन थालेका डीएसपी क्षेत्रीले पिडीत पक्षलाई धम्की दिनुका साथै ‘यो उजुरी कसले लेखिदिएको हो ? त्यो मान्छेको नाम मलाई भन, कि त्यसको मोवाइल नम्बर दे’ भन्दै धम्की दिएको पिडीतले बताए ।

‘अनुसन्धान फेरि दोहोराएर हुन्छ र, निर्दाेष छोराले न्याय पाउँछ कि भन्ने ठानेको त डीएसपी सा’पले औँला ठड्याउँदै तेरो छोरा अब दुई वर्षलाई जेल जान्छ, भन्दै थर्काउनु भो !’ पिडीत रुमासा खातुनको गुनासो थियो ।

शुक्रबार पटक पटक डीएसपी सा’पले फोन गरेर तुरुन्त अफिसमा आइजा भन्दै हकारेको गुनासो गर्दै भनिन्, ‘आज मेरो ब्रत हो, पानी पनि पिएको छैन, म आज कालीमाटी प्रहरीमा आउन सक्दीन भनेपछि राती कालीमाटीबाट आएको प्रहरी हौं भन्दै कोठामै आएर मसँग सोधपुछ गरेको कुरा रेकर्ड गरेर लगे । भोली विहान १० बजे आउनु भन्दै आजका लागि डाकेको छ ।’ उनले भनिन्, ‘प्रहरीले त्यस्तो किन गरेको हो ? मलाई त डर पो लागिरहेको छ ।’

प्रहरीको पक्राउ सूचीमा रहेर पनि फरार रहँदै आएको कामनपा–१४, कलंकीका सुनिल रानाभाटलाई बारम्बार प्रहरी कार्यालयमै बोलाएर डीएसपी प्रदिप क्षेत्रीले भेटघाट गर्ने गरेको खुलेपछि यतीबेला डीएसपी क्षेत्री तनावमा छन् ।

शुक्रबार नै महानगरीय प्रहरी परिसर, काठमाडौंबाट उत्कृष्ट भन्दै पचास हजार नगद पुरस्कारको घोषणामा परेका डीएसपी क्षेत्रीले उक्त पुरस्कार साँच्चिकै पाउलान् या यसै काण्डको लहरोले तानेको पहरोमा पर्ने हुन् ? त्यो हेर्न केही दिन कुर्नै पर्ने भएको छ ।

स्मरणीय छ, काँग्रेसको विद्यार्थी संगठनमा सक्रिय आफ्नै श्रीमतीको पावर लगाएर कालीमाटी पुगेका डीएसपी क्षेत्री आर्थिकका मामिलामा कमजोर मानिन्छन् । क्यासीनो, होटल, रेष्टुरेन्ट, बार, डीस्को, क्लव, व्यवसायी, व्यापारी कसैलाई पनि मासिक असुल्ने क्रममा सम्झौता नगर्ने डीएसपीका रुपमा पनि उनी कालीमाटी क्षेत्रमा चर्चामा छन् ।

कालीमाटी डीएसपी प्रदिप क्षेत्रीको चेत खुलोस् कि गणतन्त्रमा सबै नागरिक सार्वभौम सम्पन्न नागरिक हुन् । राजा फालिएर उक्त स्थान नागरिकले ओगटेको अवस्थामा तेरो पहुँच त्यहाँसम्म, मेरो पहुँच यहाँसम्म भन्न कसैले मिल्दैन र सक्दैन पनि । तँ गाउँको मान्छे गृह मन्त्रालय कसरी पुगिस् भन्न डीएसपी क्षेत्रीले मिल्छ ?


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan