Friday 22nd of June | २०७५ असार ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धरहरा आसपासका एक होटल र १३ सटर भत्काइयो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १२ शनिबार | (रासस)
newsabhiyan
newsabhiyan

काठमाडौँ, १२ जेठ ।   काठमाडौँ महानगरपालिकाले आज धरहरा आसपासको एक होटलसहित १३ वटा सटर भत्काएको छ ।

काठमाडौँ महानगरपालिका, नगरकार्यपालिको गत बिहीबार बसेको बैठकको निर्णयअनुसार होटल धरहरा हाउस क्याफेसहित १३ वटा सटर भत्काइएको हो ।

धरहरा सञ्चालनसम्बन्धी साइड वाकर्ससँग भएको सम्झौताको मूल विषय २०७२ सालको भूकम्पको क्षतिसँगै समाप्त भएको नगरकार्यपालिका बैठकको निष्कर्षसहित यस क्षेत्रमा रहेका रेष्टुरेन्ट, पसल, टहरा, जस्ता भौतिक संरचना भत्काइएको कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “व्यवसायीलाई दुःख दिनु कामपाको उद्देश्य होइन, धरहरा पुनः निर्माणको लागि खाली गर्नु परेको हो ।”

टहरा, पसल, रेष्टुरेन्टमा प्रयोग भएका सामग्री हटाउन महानगरले शुक्रबार २४ घण्टे सूचना जारी गरेको थियो ।

सूचनाबमोजिम शनिबार बिहानैदेखि व्यापारीहरुले आ–आफ्ना सामान हटाउन थालेका थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan