Monday 22nd of October | २०७५ कार्तिक ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १२ शनिबार | रासस
newsabhiyan
newsabhiyan

दमक, १२ जेठ  ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ मा आज साँझ भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरीको बेस क्याम्प अगाडि भएको सवारी दुर्घटनामा परेर कमल गाउँपालिका–३ बस्ने ३३ वर्षीय लोकेन्द्र पाण्डेको मृत्यु भएको हो ।

मृतक पाण्डे मोटरसाइकलमा सवार थिए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ३९४५ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आएको को १ ज ९५३ माइक्रोबसले ठक्कर दिएको थियो ।

माइक्रोबसको ठक्करबाट गम्भीर घाइते पाण्डेको दमकको लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका ट्राफिक कार्यालय, दमकले जनाएको छ ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन इलाका प्रहरी कार्यालय, दमकको नियन्त्रणमा रहेको जनाइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan