Wednesday 22nd of August | २०७५ भदौ ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महालक्ष्मी विकास बैंकद्धारा मृर्गौला रोगीलाई सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १३ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १३ जेठ । महालक्ष्मी बिकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भक्तपुर शाखाले यही जेठ ११ गते शुक्रबारका दिन काभे्र जिल्ला बेथानचोक वडा नं ६ मा बस्ने ३७ वर्षीय पूर्णमान तामाङ्गलाई मृगौला रोगको उपचारका निमित्त रु. ५०,०००/– सहयोग गरेको छ ।

उक्त कार्यक्रममा बैंकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेले तामाङ्गलाई चेक हस्तान्तरण गर्नु भएको हो । मृगौला रोग लागि मानव अंगप्रत्यारोपण केन्द्रमा उपचार गराउँदै आउनु भएका तामाङ्गको आर्थिक स्थिति निकै कमजोर रहेको हुनाले उपचार खर्चमा सानो सहयोग पु¥याउने उद्देश्यले बैंकले सो सहयोग गरेको हो ।

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan