Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बालिका बलात्कार गर्नेलाई सात वर्ष कैद

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १४ सोमबार | (रासस)
newsabhiyan

तेह्रथुम, १४ जेठ : १५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, साविक हमरजुङ भई घर लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सूर्यबहादुर तोलाङ्गी सार्कीलाई जबर्जस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद र रु ९० हजार क्षतिपूर्तिको फैसला सुनाएको हो ।

उनलाई आफ्नै घरमा बस्ने नातेदार १५ वर्षे बालिकालाई पटकपटक बलात्कार गरेको भन्ने उजुरीका आधारमा गत वर्षको जेठमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो ।
अदालतले उनलाई जबर्जस्ती करणी अपराधमा छ वर्ष कैद र हाडनाता करणीमा थप एक वर्ष कैद गरी जम्मा सात वर्ष कैद र रु ९० हजार क्षतिपूर्ति तोकेको अदालतका सूचना अधिकारी गोपाल खनालले बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan