Wednesday 22nd of August | २०७५ भदौ ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सांग्रिला बैंकका कर्मचारीहरुलाई अभिमुखीकरण तथा बैंकिङ्ग तालिम

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १४ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १४ जेठ । सांग्रीला बिकास बैंकले नबनियुक्त कर्मचारीहरुलाई ११ दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालिम आयोजना गरेको छ ।

नबनियुक्त कर्मचारीहरुलाई शाखामा पठाउनु भन्दा पहिले सामाजीकरण गराउने र बैंक सम्बन्धीत कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने र सिकाउने उदेश्यले यहि जेष्ठ ३ गते देखी १३ गते सम्म यो अभिमुखीकरण तालीम राखिएको बताइएको छ ।

६२ जना कर्मचारी सहभागी यो तालीममा नबनियुक्त कर्मचारीहरुलाई कम्युटर तालिम लगायत क्रेडीट, कस्टुमर सिर्भीस, टेलर व्यवस्थापन, नक्कली नोट, सिग्नेचर भेरिफिकेसन, टिम बिल्डील लगायतको बारेमा तालीम दिईएको बैकका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

११ दिने कार्यक्रमको समापन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले यस किसिमको तालिमले नबनियुक्त कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याउनु पर्ने बताएका थिए ।

संस्थाले कर्मचारीको बृत्ती बिकास तथा तालीमको लागि भबिष्यमा लर्नीङ्ग सेन्टरको बिकास गर्ने रणनीति सहीत कार्यक्रम गर्दै आएको नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले  बताए ।

कार्यक्रममा सहभागी कर्मचारीहरुले तालिम निकै फलदायी भएको र उक्त अभिमुखीकरण तथा बैंकिङ्ग तालीम सहभागी हुदाँ सबैसंग चिनजान गर्ने मौका र काम गर्नै हौसला मिलेको बताएका थिए ।

बैंकले छिट्टै देशका बिभिन्न स्थानमा २२ ओटा नयाँ शाखाहरु खोल्दैछ । नयाँ शाखाहरु संचालन पछि सस्थाको शाखा संजाल देशभर गरि ५८ ओटा पुग्ने नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan