Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कालिमाटी डीएसपी प्रदिप क्षेत्रीको चेत खुल्यो, लागू औषधका फरार अभियुक्त सुनिल रानाभाट पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १४ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १४ जेठ । प्रहरीको समेत मिलोमतोपूर्ण सहयोगमा निर्दाेषलाई फसाउने र आफू उम्कँदै लागू औषधको धन्दामा कुख्याती कमाइरहेका गर्दै कामनपा–१४, कलंकीका सुनिल रानाभाटलाई चौतर्फी दबाब परेपछि कालीमाटी प्रहरी वृत्तका डीएसपी प्रदिप क्षेत्रीले पक्राउ गर्न बाध्य भएका छन् ।

यसअघि लागू औषध मुद्दामा फरार अभियुक्तको सूचीमा रहेका रानाभाटलाई डीएसपी क्षेत्रीले आफ्नै कार्यकक्षमा डाकेर ‘भेटघाट’ गर्ने गर्थे ।

गत वैशाख १२ गते आफ्नो निर्दाेष छोरालाई लागू औषधका फरार अभियुक्त रानाभाटले फसाएको तर प्रहरीले उसलाई पक्राउ गर्न नचाहेको बुझेपछि पक्राउ परेका कलैया उपमहानगरपालिका–५ का १८ वर्षिय मुन्ना महमदका बाबु सफि महमद र आमा रुमासा खातुनले घट्नाको सम्पूर्ण विवरणसहित गृह मन्त्रालय र प्रहरीका विभिन्न निकायमा उजुरी गरेका थिए ।

छोरा पक्राउ परेको एक महिना बितिसक्दा पनि लागू औषधको वास्तविक धन्दावाल रानाभाट पक्राउ पर्नु त परैको कुरा उल्टो आफ्नै कोठामा आएर ‘कालीमाटीको डीएसपीले आफूले भनेको मान्ने भएकाले २० हजार दिए, छुटाइदिने नत्र जेल पठाइदिने’ भन्दै धम्क्याउँदै आएको थियो ।

कालीमाटी डीएसपी प्रदिप क्षेत्रीको चेत खुलोस् , ‘गणतन्त्रमा सबै नागरिकको पहुँच सबै ठाउँमा पुग्छ’

उक्त जानकारी डीएसपी क्षेत्रीलाई गराउँदा पनि विगतमा उनले चासो दिएका थिएनन् । मिडीयाको चौतर्फी दबाबपछि आईतबार रानाभाटलाई कालीमाटी प्रहरीले पक्राउ गरेको हो ।

पीडीतको उजुरीलाई गम्भीर रुपमा छानविन गर्न आदेश भएता पनि कालीमाटी प्रहरी वृत्तका डीएसपी प्रदिप क्षेत्रीले उल्टो पीडितलाई धम्की दिँदै आएका थिए । पीडितलाई न्याय दिनुको सट्टा उल्टो धक्मशैलीमा ‘तँ गाउँको मान्छे गृह मन्त्रालय कसरी पुगिस् ? तँलाई उचाल्ने को हो ? त्यसको नम्बर दे !

नत्र, तेरो छोरा दुई वर्ष जेल जान्छ’ भन्ने डीएसपी क्षेत्रीको व्यवहार मिडियाले सार्वजनिक गरेपछि बल्ल उनी आफूसँग मिलोमतो गर्ने लागू औषधका फरार अभियुक्त सुनिल रानाभाटलाई पक्राउ गर्न बाध्य भएका हुन् ।

हातमा रेडिमेड समान लिएर घुमाउँदै बेची हिँड्ने सफि महमद आफ्नो छोरा निर्दाेष रहेको तर, षड्यन्त्रमुलक ढंगबाट उसलाई लागू औषधसहित पक्राउ गरीएको भन्दै घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कारवाही गर्न शुक्रबार गृह मन्त्रालयसहित प्रहरीका विभिन्न निकायमा उजुरी दिएका थिए ।

‘अनुसन्धान फेरि दोहोराएर हुन्छ र, निर्दाेष छोराले न्याय पाउँछ कि भन्ने ठानेको त डीएसपी सा’पले औँला ठड्याउँदै तेरो छोरा अब दुई वर्षलाई जेल जान्छ, भन्दै थर्काउनु भो !’ पीडित रुमासा खातुनको गुनासो थियो ।

शुक्रबारै महानगरीय प्रहरी परिसर, काठमाडौंबाट उत्कृष्ट भन्दै पचास हजार नगद पुरस्कारको घोषणामा परेका डीएसपी क्षेत्रीले उक्त पुरस्कार साँच्चिकै पाउलान् या यसै काण्डको लहरोले तानेको पहरोमा पर्ने हुन् ? त्यो हेर्न केही दिन कुर्नै पर्ने भएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan