Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भ्रष्टाचारको महाजालो लहरो तान्दा पहरो गर्जिने !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १४ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १४ जेठ । माओवादी लडाकू शिविरमा भएको आर्थिक अनियमितता र भ्रष्टाचारको पोको कहिले खुल्छ ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग यस विषयमा किन हो खुट्टा लगलगाई रहेको छ ।

अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीले आँट गर्न के खोजेका थिए, उनलाई त्यहाँबाट घोक्र्याउने कार्य भयो । अयोग्य सावित गरियो । योग्य भनेर बहाली गर्नेहरूलाई कुनै कार्यवाही भएन । प्रमुख आयुक्तमा दीप बस्न्यात पनि आए, गए । केही भएन । अर्को पनि त्यस्तै आउँछन् ।

आम जनताले भ्रष्टाचारमा कार्यवाही हुन्छ भनेर कसरी पत्याउने ? संविधानसभाले नयाँ संविधान बनाएपछि तीन तहको चुनाव भयो । चुनावमा पैसाको खोलो बग्यो भन्नेहरू पनि छन् । त्यत्रा रकम कहाँबाट आए ? खोजी कसैले गरेको छैन ।

यही मौका पारेर निर्वाचन आयोगले पनि चरम आर्थिक अनियमितता गरेको महालेखा परीक्षकका कार्यालयको प्रतिवेदनले देखाएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार निर्वाचन आयोगका पदाधिकारीहरू मिलेर आयोगमा कार/जीप ३०, पिकअप भ्यान १८, माइक्रोबस ३, ट्रक ३ र ठूलो बस हुँदाहुँदै आफूहरूका लागि रु.११ करोड ६० लाख खर्च गरी पाँचवटा नयाँ सवारी साधन खरिद गरेर फजुल खर्च गरिएको छ ।

त्यस्तै पदाधिकारीहरूका लागि सात थान आईफोन सेभेन प्रतिथान एक लाख ७३ हजारका दरले खरिद गरेर बजार भाउ भन्दा बढी आङ्कको बील पेश गरेर भ्रष्टाचार गरिएको छ । जस्को बजार भाउ प्रतिथान एक लाख ३२ बजार नेपाली रुपैया हो । प्रतिफोनमा ४१ हजार रुपैया घोटाला भएको छ ।

सुविधामा पाइने पेट्रोलको रकम नगदमै लिने र आयोगबाट कुपन लिएर चरम बदमासी गरिएको छ । एउटै गाडीका नाममा पेट्रोल र डिजेलको रकम तथा कुपन लिएको प्रमाण महालेखाले फेला पारेको छ ।

त्यसैगरी आयोगभन्दा करिब ५० मिटरको दुरीमा रहेको होटल एलो प्यागोडामा कार्यक्रम हुँदा प्रतिव्यक्ति रु.दुई हजारका दरले ट्याक्सी भाडा लिएको प्रमाण पनि फेला परेको छ ।

लूटको धन फुपूको श्राद्ध भनेझैँ गरेर एक छाकमा एक जनालाई रु.३ हजार ८ सयको दरले खाजा खर्च देखाइएको छ । चुनावका लागि दाता राष्ट्रहरूले दिएको रु.चालिस लाखको विवरण नै महालेखा परीक्षकलाई पेश गरिएको छैन ।

महँगोमा बील बनाएर आपसमा मिलेमतो गरेर निर्वाचन आयोगलाई करोडौं घाटा तुल्याइएको छ । दाताहरूले उपलब्ध गराएको नौ सय थान ल्यापटप आयोग आफैले किनेको बील पेश गरेर करोडौं हेराफेरी गरिएको छ । यति हुँदाहुँदै पनि निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवले “विगतको निर्वाचनको तुलनामा मितव्ययी भएका छौं” भन्नुले विगतमा यो भन्दा

चरम घोटाला भएको थियो भन्न खोज्नुभएको हो कि के हो ? भोलि गणतन्त्र दिवसका दिन यिनीहरू नै ठूला तक्मा पाएर पुरस्कृत भएभने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा कार्यवाही गर्ने कि नगर्ने ?

नयाँ शक्ति पार्टीका संयोजक पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पटक–पटक भनिरहनुभएको छ– “पुष्पकमल दाहाल प्रचण्डले मोेटो रकम भ्रष्टाचार गर्नुभएकाले मैले पार्टी छाडेको हुँ ।”

डा.बाबुराम भट्टराईलाई प्रमाणमा लिएर भ्रष्टाचारको छानविन हुनुपर्छ कि पर्दैन ? ३३ किलो सुनमा कार्यवाही गर्ने सरकारले २० अर्ब रुपैयाको सुन किनियो भने ३३ सय किलो सुन आउँछ । ३३ सय किलो सुन किन्न सक्ने रकम कहाँबाट आयो ? स्रोतको खोजी गर्न ढिलाई गर्नु हुँदैन । दिव्यचक्षुका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan