Friday 22nd of June | २०७५ असार ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरामा भेटिए ७० बर्षे रमाईला बाजे, भन्छन् भगवानले १६ सय युवती भुलाउन हुने हामीले दुई तीन जना पनि नपाउने (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २५ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २५ जेठ । बुढौली उमेर केही हासो ठट्टा अनि पहिलेको आफ्नो रमाइला दिनहरु सम्झीएर बिताउने बेला । बिस्तारै शरीरमा भएको तागत सक्किन थालेपछि काम गर्ने शक्ति हुँदैन र यस्तै बसीबियालोमा रम्न मन लाग्छ ।

हामी प्रायः यी बुढापाकाहरु दुःखका कुरा मात्र गर्छन भन्दछौं । तर, हामीले पोखरामा एक जना रमाइला बृद्धलाई भेटेर करिब १८ वर्ष देखि पोखराको मणिपाल हस्पिटलको परिषरमा फुल रोपेर र गोडमेल गर्दै आएका ७० वर्ष तारकांगका बाजे आफ्नो बैश बेला देखिका कुराहरुमा खुलेर कुरा गरे अझ रोचक त के भने यौन जीवनको भोगाईको बारेमा पनि उनी खुलेर कुरा गरे ।

बाजे पहिले पहिले त  दुई तीन जना बिहे गर्थे बुढाहरु पनि अलि मातिएकै हुन् है भन्ने रमाइलो प्रश्नमा उनले भने ‘सबै चिज भगवानले दिनु भएको हो र सिकाउनु भएको हो’ हौसिदै भन्दै थिए ‘भगवानले १६ सय खेलाएर हिड्न हुने हामीले दुई तीन जना केहि हुँदैन तर मन मिल्नु पर्छ अरुलाई दुःख दिएर त्यो लिएर केहि हुँदैन ।

उनलाई अहिले सरकारले दिएको बृद्ध भत्ता पनि मन परेको रहेन छ उनी भन्छन् सबै पैसा  बृद्ध भत्तामा खर्च गरेर अनि कुन पैसाले देश बिकास गर्ने यो धेरै भयो मैले बृद्ध भत्ता लिन्न र लिई हाले भने पनि दिनदुःखीलाई जस्ताको त्यस्तै दिन्छु खान नपाउने, बास नहुने, औषधि खान नपाउनेलाई दिने हो भत्ता सबैलाई दिनु पर्दैन ।

उनी मणिपाल बन्द रहेको बिषयमा पनि कडाकीएर भने ‘एउटा सुत्केरीलाई ब्यथाले चाप्यो भने यहाँ त बन्द छ भन्नु भनेको कहाँ सम्मको लाजमर्दो कुरा हो ?’ 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan