Friday 22nd of June | २०७५ असार ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

झापा उत्कृष्ट जिल्ला,प्रदेश ३ टिम च्याम्पियन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २६ शनिबार |
newsabhiyan


काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले झापा जिल्ला खेलकुद विकास समितिलाई पहिलो उत्कृष्ट जिल्लाका रुपमा शुक्रबार पुरस्कृत गरेको छ ।

राखेपकै आयोजनामा धुलिखेलमा भएको राष्ट्रिय खेलकुद भेलाको समापनका अवसरमा विगत ३ वर्षको अवधिमा गरेको कामको मूल्यांकनका आधारमा झापालाई पहिलो उत्कृष्ट जिल्लाका रुपमा पुरस्कृत गरिएको हो । कास्की जिल्ला खेलकुद विकास समिति दोश्रो तथा कैलाली जिल्ला खेलकुद विकास समिति तेश्रो उत्कृष्ट जिल्लाका रुपमा पुरस्कृत भए । झापालाई ३ लाख, कास्कीलाई २ लाख र कैलालीलाई १ लाख नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरियो ।

राखेपका उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा र सदस्य–सचिव केशवकुमार विष्टले झापाका अध्यक्ष शंकर थापा, कास्कीका अध्यक्ष यम गुरुङ र कैलालीका अध्यक्ष दीपक सिंहलाई नगदसहित सम्मान पत्र प्रदान गरे ।

सोही अवसरमा कपिलवस्तु र मकवानपुर जिल्ला खेलकुद विकास समितिलाई पनि प्रोत्साहन पुरस्कार स्वरुप समान २५–२५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरिएको थियो । दुई भेलाको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । भेलामा पाँचै क्षेत्रीय र ७७ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उपस्थित थिए ।

प्रदेश ३ टिम च्याम्पियन
प्रदेश ३ ले दसौं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । प्रदेश ३ सर्वाधिक १९ स्वर्ण जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो ।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा प्रदेश ५ ११ स्वर्णसाथ दोश्रो र प्रदेश ६ ६ स्वर्णसाथ तेश्रो भए ।

एथलेटिक्सको छात्र र छात्रा दुवैमा प्रदेश ५, करातेको छात्रमा प्रदेश ४ र छात्रामा प्रदेश ३, तेक्वान्दोको छात्रमा प्रदेश ५ र छात्रामा प्रदेश ३, उसुको छात्र र छात्रा दुवैमा प्रदेश ३, भलिबलको छात्रमा प्रदेश ३ र छात्रामा प्रदेश ५ तथा कबड्डीको छात्रमा प्रदेश ३ र छात्रामा प्रदेश ७ टिम च्याम्पियन बने ।

तीनदिने प्रतियोगिताको एथलेटिक्समा ४ खेलाडीले ६ वटा जुनियर राष्ट्रिय कीर्तिमान बनाए । अजितकुमार यादव र राममाया बुढाले १ हजार ५ सय र ३ हजार मिटर दौड, अरुणा रिजालले ४ सय मिटर दौड तथा प्रभु थारुले हाइजम्पमा कीर्तिमान रचे । सबैले एक कीर्तिमानका लागि १० हजारका दरले नगद पुरस्कार पाए ।
विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, सदस्यद्वय शम्भु आचार्य र एकेन्द्र कुँवरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan