Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७५ साल जेठ २८ गते सोमवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २८ सोमबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । ज्येष्ठ महिनाको २८ गते  सोमवार ।

अँग्रजी मितिः ई.सं. २०१८ जुन महिनाको ११ तारिख ।

तिथीः उत्तरायण, ग्रीष्म ऋतु अधिकज्येष्ठ कृष्णपक्षको द्वादशी तिथि, ०७ः१२ बजेपछि त्रयोदशी तिथि । 

योगः अतिगण्ड योग, १४ः४० बजेपछि सुकर्मा योग ।

नक्षत्रः भरुणी नक्षत्र, १९ः२४ बजेपछि कृतिका नक्षत्र ।

करणः तैतिल करण ०७ः१२ बजे उपरान्त गर करण ।     

चन्द्रमाः  मेष राशिमा ।

काठमाडौंमा सूर्योदयः ०५ः०९ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः५८ बजे ।

राहुकालः ०६ः५२ बजेपछि ०८ः३६ बजेसम्म ।

यात्राः  राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी उत्तर दिशाको लागि उपयुक्त ।

 

 

आजको राशिफल

मेष राशिः

मेष राशि हुनेहरुको लागि आज दिन ईज्जत तथा मानप्रतिष्ठामा विकास हुने छ । मनोरञ्जन तथा भौतिक उन्नतिको योग छ । व्यापार एवं व्यवसाय तथा कर्मक्षेत्रमा उत्साह बढ्ने, शुभचिन्तकहरुबाट राम्रो सहयोग मिल्ने छ । जनव्यवहारमा ग्रहगोचरको प्रभाव सकारात्मक देखिएको हुनाले उपलब्धि पनि राम्रो हुनेछ । उमङ्ग उत्साह र काम कार्य सम्पादन गर्न सहज वातावरण बन्नेछ । व्यवसायिक लाभ प्राप्त हुने र स्वजनहरुबाट प्रोत्साहन मिल्नसक्ने छ । आज तपाईँलाई एक अंक, रातो रङ्गको प्रयोग शुभ रहनेछ ।

 

 

वृष राशिः

वृष राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्य कार्यलाई पनि बढीनै यत्न गरेरमात्रै सफलता पाउन सकिने खालको दिन रहेको छ । हतारमा र विना जरुरी फजुलका कार्यमा चेष्टा नगरेकै राम्रो हुनेछ । बुद्धिको भरपुर प्रयोग गरेर अनावश्यक रुपमा धनको क्षति हुने तथा पश्चातापमा पर्न सकिने सम्भावनालाई हटाउन कोसिस गर्नुपर्ला । तीर्थ गमन वा मान्यजनको दर्शनभेटको लागि यात्रा गर्नुले खर्चयोगको सदुपयोग हुनसक्ने छ । घरायसी आवश्यकताको सरसामानको किनमेल आदिको सम्भावना पनि देखिएको छ । आज तपाईको लागि तीन अंक र पहेंलो रंगको प्रयोग हितकर हुनेछ ।

 

मिथुन राशिः

मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन आम्दानीकर छ । रपनि विशेष आर्थिक प्राप्तिमा केही अबरोध देखिएको छ । अन्य कमाइतर्फ बुद्धि फिराउँदा हुने आम्दानी पनि फुत्कने र पछुतो पर्नसक्ने छ । कुधनको चेष्टाप्रति आत्मसंयमको जरुरी देखिन्छ । अपेक्षा तथा आश्वासन गरेको तर्फबाट हुने उपलब्धि नहुँदा अल्लि खल्लो महसूस हुनसक्ने छ । तथापि सामान्यतया दैनिक कामकार्य एवं पेशागत व्यवसायिक गतिविधि चालुनै रहनेछ । आज यहाँले दुई अङ्क, सेतो रङ्गको उपयोग गर्नु उपलब्धिमूलक  हुनसक्नेछ ।

 

कर्कट राशिः

कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन आत्मबल बढाउन र समयको सदुपयोग गर्न सकेको खण्डमा केही राम्रो  अवसर प्राप्त हुनसक्ने देखिएको छ । धेरै हौंसिन र ज्ञानोन्माद् गर्न भने अल्लि नहुने समय छ । बढी हौंसिदा बन्नै पर्ने काम नबन्न पनि सक्नेछ । सामान्यतया मानसम्मान बढ्ने तथा पदप्रतिष्ठा प्राप्ति हुनसक्ने ग्रहगोचर परेकोले राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी थपिनसक्ने लक्षण छ । व्यापार व्यवसायबाट ठिकै लाभ गर्नसकिने छ भने उच्च आहोदाका व्यक्तित्त्वसँग भेटघाट हुनसकिने र आडभरोसाजन्य आश्वासन मिल्नसक्ने छ । यहाँलाई आज एक अंक, रातो रङ्गको प्रयोग शुभ रहने ।

 

 

सिंह राशिः

सिंह राशि हुनेहरुको लागि आज दिन आफूमाथिको निकायबाट दबाब एवं अपयश आउने सम्भावना छ । र पनि सात्त्विक विचार एवं आस्था बढ्नाले धार्मिक कार्य सम्पादन गर्न सहज हुनेछ । स्वजनहरुसँगको भेटघाट र योजनासंवादको पनि स्थितिलाई गोचरले देखाइरहेको छ । व्यापार व्यवसाय एवं उद्यमजन्य पेशागत कार्यमा सफलता मिल्ने छ । कार्यमा रुचि पनि बढेर आउने छ । केही काम अघि बढ्नेछ । संघर्षको बाबजुत केही उपलब्धि एवं लाभ गर्नसकिने छ । आज तपाईले नौ अंक, पहेंलो रङ्गको उपयोग गर्नु फापकर हुनेछ ।

 

 

कन्या राशिः

कन्या राशि हुनेहरुको लागि आजको दिन त्यति अनुकूल मान्न नसकिने देखिएको छ । ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्यमा असर गर्नसक्ने छ । दीर्घरोगीले बढी ख्याल पुर्याउन जरुरी देखिन्छ । कार्यक्षेत्रमासंघर्ष बढ्ने तथा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले होसियारी अप्नाउन जरुरी देखिन्छ । संयम नगुमाई धैर्य गर्नाले सम्भावित खतरा टार्नसकिने छ । आहारविहारमा सजगता अप्नाउनाले स्वास्थ्यकष्ट हुनबाट बच्न सकिएला । संघर्षको बाबजुतपनि केही अप्रत्यासित उपलब्धि पनि हुने सम्भावना छ । आठ अंक, रातो रङ्गको प्रयोग गर्नु हितकर हुनेछ ।

 

तुला राशिः

तुला राशिहुने हरुको लागि आजको दिन भौतिक सुखोन्नति हुने र सेवा सत्कार मिल्ने छ । जीवन साथी वा विपरित लिङ्गीको सहयोगले पनि आजको दिन रमाइलो बनाउने छ । प्रेम पारखीहरुको लागि प्रेमसम्बन्ध सुमधुर हुनेछ । विवाह योग्य युवायुवतीको लागि उपयुक्त स्थानबाट विवाह प्रस्ताव आउनसक्ने पनि सम्भावना छ । देश तथा विदेशको यात्राको संयोग पर्नसक्ने छ । व्यापार व्यवसायबाट लाभ र आफन्तजनको सहयोग मिल्ने छ । आज यहाँहरुको लागि सात अंक, सेतो रङ्गको प्रयोग गर्नु फापसिद्ध हुनसक्ने छ ।

 

वृश्चिक राशिः

वृश्चिक राशिहुने व्यक्तिहरुको लागिआजको दिन हुनलाई पराक्रम बढ्ने खालको रहेको छ तरपनि कुनैपनि प्रकारको अनावश्यक उन्माद तथा घमण्डमा समयको दुरुपयोग हुने हो कि भन्ने डर पनि देखिन्छ । मुख्य एवम् महत्त्वपूर्ण काममा आउने अदृष्य रोकावट निवारणको लागि गुरुजनको आर्शिवाद लिनु तथा विद्वानजनको सेवा गरी खुशि बनाउनुले ग्रहबाधालाई न्यूनगर्न मद्दत हुनेछ । सामान्य दैनिकीको लागि गोचरको स्थिति ठिकै छ । समयको सदुपयोग गर्नसकेको खण्डमा शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यवसायमा सफलता र लाभ मिल्ने छ ।

 

धनु राशिः

धनु राशि हुनेहरुको लागि आजको दिन ज्ञानक्षमताको बल प्रस्तुतिको अवसर मिल्ने छ । तर ज्ञानोन्माद हुने हो कि भन्ने डर छ । संयमपूर्वक अवसरको सदुपयोग गरेमा विद्यार्थीले आजको दिनको बढी फाइदा उठाउन सकिनेछ । कसैकसैलाई वाणीविलासको चाहना बढ्ने र फगत चर्चामा समय व्यतित हुने अन्तमा आफ्नो कार्य अपूरो रहनसक्ने सम्भावना हुन्छ । समयको ख्याल गर्नुहोला । धेरै बोलीबाठो हुन खोज्दा गोपनीयता पनि खुस्कनसक्ने छ होस गर्नुहोला । कर्मक्षेत्र तथा व्यवसायिक क्षेत्रमा केही प्रगति हुनेछ । आज तपाईको लागि पाँच अंक, रातो रङ्गको प्रयोग शुभ हुनेछ ।

 

मकर राशिः

मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन ख्याल पुर्याउनपर्ने खालको छ । ख्यालख्यालमा कसैसँग विवाद हुनपनि सक्नेछ । काममा अबरोध आउनसक्ने र आरोप खेप्नुपर्ने हुनसक्नेछ । पारिवार एवं इष्टमित्रसँग विचारान्तर हु“दैमा हिम्मत नहारेर बुद्धिले कामलिनु बुद्धिमानी हुनेछ । मनमा केही संकोचित विचार बढ्नाले संसर्गीहरुसँग विवाद हुनसक्ने भय देखिएको हुनाले केही सावधानी एवम् संयम गर्नु मनासिव हुनेछ । चोटपटकको पनि भय छ । आँटसाहस र धैर्यता नगुमाई स्वकर्ममा लगनशील रहनाले अप्रत्यासित रुपमा लाभ र सफलता पनि मिल्ने देखिएको छ । आज यहाँको लागि आमाको सेवा सत्कार गरी आर्शिवाद लिनु शुभकर हुनेछ । 

 

कुम्भ राशिः

कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन हुनलाई दिनलाई उपलब्धिमूलक बनाउन सकिने गोचर परेको छ । तथापि ज्ञानोन्माद्पूर्ण हौंस्याहट बढ्न गरी हुनपर्ने जति कार्यसफलता नहुने र कम उपलब्धिले चित्तबुझाउन पर्ने सम्भावना देखिन्छ । सावधानि र लगनशीलतापूर्वक आफ्नो पेशालाई निरन्तरता दिएमा व्यवसायले फट्को मार्ने र आर्थिक एवम् भौतिक कठिनाई कम गर्नसकिने छ । स्वजनको सहयोग र प्रसंशा मिल्नेछ । तीन अङ्क, हरियो रङ्गको प्रयोग गर्नु हितकर हुनेछ । 

 

 

मीन राशि:

मीन राशिका व्यक्तिहरुको लागि आजको दिन अप्रत्यासित अनुकूल रहनेछ । सोँचेको खोजेको तर्फबाट भन्दा पनि अन्यत्रतर्फबाट उपलब्धि एवं लाभ हातपर्ने छ । लक्ष्मी तथा सरस्वती दुवैको कृपा मिल्ने भएकोले बोल्दा खासै तालमेल नमिलेपनि जनमानसमा क्यावात हुनेछ । आयआम्दानी भएपनि सञ्चित धनको अपव्ययलाई नकार्न भने सकिन्न । महत्तवपूर्ण काममा आफन्तहरूबाट सहयोग मिल्नेछ । परोपकार तथा समाजसेवाको काममा समय दिनुपर्ने छ । कामकार्यमा थप उत्साह तथा उमङ्ग बढ्नेछ । आज तपाईँलाई दुई अङ्क, सेतो रङ्गको प्रयोग गर्नु सुखप्रद हुनेछ । 

 

 

सम्पर्क बिवरण :-

 

ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)

ॐ आयुर्वेद आरोग्यशाला तथा, ज्योतिष परामर्श सेवा

कमलमार्ग १७२ केसीटोल कमलपोखरी, काठमाडौं,  नेपाल ।

सम्पर्ण नम्बर : ९८४१२२३१२६, ९८०३८७९९७८, ४४३१७४७

काठमाडौं बाहिरः कोहलपुर न.पा. ५ शान्तिनगर, बाँके ०८१–५४०५३४

Email: astrodeepakguru@gmail.com, aaarogyashala@gmil.com , aumayurved@yahoo.com

फेसबुक :  https://www.facebook.com/jyotishdeepakguru

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan