Friday 22nd of June | २०७५ असार ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २८ सोमबार |
newsabhiyan

काठमाडौं, २८ जेठ। प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । अर्को विभागीय टोली नेपाल आर्मीलाई ६ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो ।

जितसँगै एपीएफले २० लाख रुपैयाँ पुरस्कार पाएको छ भने आर्मीले उपविजेता हुँदै १० लाखमा चित्त बुझायो । प्लेयर अफ दि सिरिज बनेका आर्मीका सागर पुनले १ लाख रुपैयाँ पुरस्कार पाए ।

सोमबार त्रिवि मैदान कीर्तिपुरमा आर्मीले दिएको २ सय १० रनको लक्ष्य एपीएफले ४१ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

एपीएफको जितमा अनिल शाह र प्रदीप ऐरीले उत्कृष्ट ब्याटिङ गरे । अनिलले ७२ बलमा ६३ रन, प्रदीपले ९९ बलमा ६३ रन बनाए । ओपनिङ आएका सुवास खकुरेल १८ बलमा १४ रन बनाउँदा रिटायर्ड हर्ट भएका थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan