Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विश्व भेट्रान्स टेबलटेनिसमा गौतम निर्णायकमा छनोेट

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २९ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, २९ जेठ । अमेरिकाको लसभेगास शहरमा हुने विश्व भेट्रान्स टेबलटेनिस प्रतियोगिता–२०१८ मा अन्तर्राष्ट्रिय निर्णायकको रुपमा नेपालका शंकर गौतम छनोट हुनुभएको छ ।

आगामी असार ४ देखि १० गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा विश्वका पाँच हजारभन्दा बढी खेलाडीको सहभागिता रहने गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्रतियोगिता हरेक दुई वर्षमा हुने गर्दछ ।

गौतमले यसअघि स्पेनमा भएको संस्करणमा पनि अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । त्यसैगरी दक्षिण एसियाली जुनियर टेवलटेनिस प्रतियोगिता, एसियन जुनियर प्रतियोगिता, विश्व जुनियर टेबलटेनिस प्रतियोगिता, दक्षिण एसियाली खेलकुद, विश्व टेबलटेनिस प्रतियोगिता, युएस ओपन, कमनवेल्थ गेम्सलगायत गरी भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, जापान, कोरिया, अमेरिका, अष्ट्रिया, स्पेनलगायत देशमा अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरिसकेको गौतमले जानकारी दिनुभयो ।

गौतम अखिल नेपाल टेबलटेनिस संघका महासचिवसमेत हुनुहुन्छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan