Friday 22nd of June | २०७५ असार ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बीभीएस ह्यान्डबल सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २९ मंगलबार |
newsabhiyan

काठमाडौं,२९ जेठ । बृहस्पति विद्या सदन ९बीभीएस० को आयोजनामा तेश्रो बीभीएस अन्तरविद्यालय ह्यान्डबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।


प्रतियोगिताअन्तर्गत यु–१४ ब्वाइजमा जोसेफले ह्वाइटफिल्डलाई ९–५ र बीभीएस ‘बी’ लाई १४–२ तथा सीआईएले बीभीएस ‘ए’ लाई ९–२ गोलले पराजित गरे ।

यु–१६ ब्वाइजमा ह्वाइटफिल्डले बीभीएसलाई २५–१८, रिलायन्स इन्टरनेसनल एकेडेमीले पुष्पाञ्जलीलाई २५–११, सीआईएले सेडालाई २२–१७ र ह्वाइटफिल्डलाई २८–१४, जोसेफले क्रेसेन्टलाई ९–३ तथा क्रेसेन्टले रिलायन्सलाई २१–१३ ले हराए । सोही उमेर समूहको गल्र्समा क्रेसेन्टले बीभीएस ‘ए’ लाई ३–० गोलले पन्छायो । फाइनल बिहीबार हुनेछ ।

तेक्वान्दो टोली कोरिया प्रस्थान
काठमाडौं,२९ डब्लुटीएफ तेक्वान्दो पार्टनरसिप प्रोग्राममा सहभागी हुन नेपाल तेक्वान्दो संघबाट दुई सदस्यीय टोली मंगलबार दक्षिण कोरियाको मुजु प्रस्थान गरेको छ ।


जुन १५ देखि २९ तारिखसम्म हुने प्रोग्राममा भुवनबहादुर थापा र जितेन्द्र मेचेले सहभागिता जनाउने छन् । उनीहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

एनटीए टोली पनि कोरिया प्रस्थान
काठमाडौं । डब्लुटीएफ तेक्वान्दो पार्टनरसिप प्रोग्राममै सहभागी हुन नेप्लिज तेक्वान्दो एकेडेमी ९एनटीए० बाट पनि ५ सदस्यीय टोली मंगलबारै दक्षिण कोरियाको मुजु प्रस्थान गरेको छ ।


जुन १५ देखि २९ तारिखसम्म हुने प्रोग्राममा अशोक खड्का, तिलक लामा, पर्शुनारायण बोहरा, कर्णबहादुर बोहरा र मोहन विश्वकर्माले भाग लिने छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे ।

उसु टोली मलेसिया जाने
उसुको एक्जामिनेसन कोर्समा सहभागी हुन ८ सदस्यीय नेपाली टोली बुधबार मलेसियाको पेनाङ जाने भएका छन् ।

टोलीका सदस्यहरुमा प्रणीलध्वज कार्की, गणेशप्रसाद अर्याल, चोकबहादुर थपा मर्साङ्गी, रमेशकुमार तुलाधर, विनोद कार्की, रत्नबहादुर कार्की, मन्जुर महर्जन र लानम लामा रहेका छन् । कोर्स जुन १३ देखि १९ तारिखसम्म सञ्चालन हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan