Friday 22nd of June | २०७५ असार ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संसदमा शून्य समय सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३१ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ, ३१ जेठ । प्रतिनिधि सभामा बिहीबारदेखि शून्य समय सुरु भएको छ । शून्य समयमा बाेल्ने सांसदहरुले मुल्यबृद्धि आकाशिएकाले नियन्त्रण गर्न सरकारसंग माग गरेका छन् ।

एक मिनेटको शून्य समयमा बोल्दै सांसद अमनलाल मोदीले दैनिक उपभोग्य वस्तुको चरम मुल्यबृद्धि र हाहाकार भएको बताए। ‘चर्को मुल्यबृद्धिमा मौनता हैन, सशक्त अनुगमन होस्,’ उनले भने।

त्यस्तै, अर्का सांसद अमरेशकुमार सिंहले सरकार र ब्यापारीको मिलिभगत भएकाले मुल्यबृद्धि भएको आरोप लगाए।

नेकपाका पूर्व प्रमुख सचेतक खगराज अधिकारीले बजारमा कृतिम अभाव रहेको, सिण्डिकेट कायम रहेकाले सरकारले अनुमगन गरी कारबाही गर्नुपर्ने बताए।

प्रतिपक्षका अर्का सांसद प्रकाश रसायलीले सरकारले कर बढाएकाले ब्यपारीले कमाउन मुल्यबृद्धि गरेको बताए।

शून्य समयमा ७ जना सांसदले बोलेका थिए। संसदमा अहिले सरकारले पेश गरेको बिनियोजन बिधेयकमाथि छलफल जारी छ।

बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्ययन, युवा तथा खेलकुद र अर्थ मन्त्रालयको बिनियोजित बिधेयक माथि छलफल भइरहेको छ।

शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले ५ दिनभित्र दिनुपर्ने संसदको नियमावलीमा ब्यवस्था गरिएको छ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan