Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सैनिक सञ्चार पुनः सूचारु गर्न दुई कोरिया सहमत

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३१ बिहिबार | रासस÷सिन्ह्वा
newsabhiyan

सोल, ३१ जेठ : दक्षिण कोरिया र उत्तार कोरियाले सैन्य सञ्चार सेवा पुनः सुरु गर्न बिहीबार सम्झौता गरेका छन् ।

पश्चिमीदेखि पर्वी क्षेत्रसम्म सैन्य सम्वादका लागि मार्ग प्रशस्त गरिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
दुई देशका जनरल तहका सैन्य अधिकारीहरूको संयुक्त बैठकमा सैन्य मामिलाका विविध विषयमा छलफल भएको थियो ।

दक्षिण र उत्तर कोरियाको सीमा क्षेत्रमा पर्ने गाउँ पानमुन्जोममा बिहीबार विहान वार्ता सुरु भएको थियो ।

स्थानीय समयअनुसार बिहीबार १० बजे दुई कोरियाका सैनिक जनरल वार्ताका लागि उक्त गाउँमा पुगेका थिए । यी दुई देशका उच्च सैनिक अधिकारीबीच गएको दश वर्षमै यस किसिमको यो पहिलो वार्ता भएको बताइएको छ ।

यसअघि सन् २००७ को सुरुमा दुई कोरियाका उच्च सैन्य अधिकारीबीच वार्ता भएको बताइएको छ ।

पाँच सदस्यीय दक्षिण कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व मेजर जनरल किम डो ग्युनले गर्नु भएको थियो भने उत्तर कोरियाको तर्फबाट जनरल आन लक सनले नेतृत्व गर्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत मङ्गलबार सिङ्गापुरमा भएको अभूतपूर्व शिखर वार्तापछि दुई कोरियाका उच्च सैन्य अधिकारीहरुको बैठक भएको हो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan