Monday 16th of July | २०७५ असार ३२ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायीका लाक्पा शेर्पा लामा ओएसनेपाल म्युजिक अवार्डको टप ५ मा पर्न सफल, अब भोटको खाँचो

यस्तो छ भोट गर्ने तरिका ...

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ३ आइतबार |
newsabhiyan
newsabhiyan

उद्धव तमाङ, काठमाडौं । अनलाइन पत्रिका ओएसनेपाल डटकमले आयोजना गर्दै आएको ओएसनेपाल म्युजिक अवार्डको दोश्रो सस्करणको टप ५ मा  नवगायीका  लाक्पा शेर्पा लामा पर्न सफल भएकी  छिन् ।

कलाकार र सृजनाको सम्मान गर्ने हेतुले गर्दै आएको ओएसनेपाल म्यूजिक अवार्डको दोश्रो सस्करणमा एस पटक ७२ ओटा विधामा समेटिएको जनाएको छ। नेपालमा हाल सम्मकै सर्बाधिक विधा समेटिएको अवार्डको रुपमा ओएसनेपाल म्यूजिक अवार्ड पर्दछ।

गत बर्ष जस्तै यो पटक पनि हुन लागेको अवार्डले संगीत क्षेत्रमा योगदान पुर्याउनुहुने बिभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने र उक्त सम्मानलाई निरन्तरता दिने अवार्डका संयोजक बिबेक कार्कीले जानकारी दिनु भयो  । अवार्ड कहिले हुने र कहाँ हुने भन्ने जानकारी भने केहि दिनमै सार्बजनिक गर्ने बताएका छन् ।

मिठो आवाजकी धनी  लाक्पा ,

पुर्बी पहाडी जिल्ला ताप्लेजुङको मामाँङ्खे – ८ मा बाबा ठिन्डुक र आमा मिङ्माको काखबाट जन्मेकी माईली छोरी हुन् ।  हाल उनि काठमाडौंलाई कर्मथलो बनाई गायनमा क्रियाशील छिन्   ।

बिगत  एक दशक देखी गीत संगीतमा लागि परेता पनि बिचमा घरायसी कामले गर्दा निरन्तरता दिन सकिनन् ।

बाध्यताले  ग्याप हुनु पर्यो तर पुनः आफ्नो इच्छा अनुरुप गीत संगीतमा लागि परेर केहि गर्छु भन्ने भावना बोकेर  गायनमै लगातार मिहिनेत गरि रहेकी छीन् । 

उनले प्राय गरि आधुनिक गीतहरु गाउने गरेकी छिन् । पछिल्लो समय उनले गाएको गीत “आज भोलि” “छुपुमा छुपु” चर्चामा रहेको गीत हो । 

यसै गरि उनले गाएको गीत  “पानि तालैमा”  पनि  केहि समय अघि  सार्वजनिक भइ सकेको छ ।  साथै आम पाठक स्रोतालाई उनले अर्को खुशीको खबर पनि लिएर आएकी छिन् ।

उनि  ओएसनेपाल म्युजिक अवार्डको आधुनिक नवगायीकाको टप ५ मा पर्न सफल भएकी छिन् ।  उनले गाएको गीत “छुपुमा छुपु” बोलको गीत नोमिनेशनमा पर्न सफल भएको हो ।

उक्त गीतको शब्द र  संगीत बिनय लामाको  रहेको छ ।  अब  उनलाई यो अवसर  हात पार्नको लागि तपाईहरुको साथ सपोर्टको खाचो छ उनलाई, जसको लागि  तपाईहरुले  तल दिएको  जानकारी अनुसार  भोट गर्नु पर्ने हुन्छ ।

भोट गर्ने तारीका :-

तपाईको आफ्नो मोबाइलको म्यासेज बक्स (Message Box) मा जानुस् र, OSN टाईप गरि (खालि ठाउ) स्पेस दिएर उनको कोड 47B टाईप गरेर  33001 मा पठाउनु पर्ने हुन्छ ।

याद राख्नुहोस :-  OSN  47B  & SENT 33001


तपाईहरुको एक भोटको कारण  उनलाई जिताएर पछी गएर केहि गर्ने अवसर पक्कै मिल्ने छ र तपाईहरुले यो साथ र  सहयोग गर्नेमा उनि ढुक्क छिन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan