Monday 16th of July | २०७५ असार ३२ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विधिको शासनलाई कमजोर पार्न लागेकोे नेका नेता खाँणको भनाइ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ४ सोमबार | (रासस)
newsabhiyan
newsabhiyan

जनकपुरधाम, ४ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको प्रसङ्गलाई अघि बढाउनु निरंकुशतालाई आमन्त्रण गर्नु हो भन्नुभएको छ ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउँदै सरकार विधिको शासनलाई कमजोर पार्न उद्यत भएको धारणा व्यक्त गर्नुभयो ।

सरकार असहिष्णु भई लोकतन्त्रको आकर्षण र लोकप्रियतालाई समाप्त गर्ने दुष्कार्य गरिहेको आरोप लगाउँदै केन्द्रीय सदस्य खाँणले सरकारद्वारा संघीय संसद्मा प्रस्तुत बजेट जनतालाई कष्ट दिने भएको र यसले करको भार, मूल्य वृद्धि गरी त्राहिमामको अवस्था सिर्जना गरेको उल्लेख गर्नुभयो ।

एक प्रश्नको जवाफमा उहाँले प्रतिपक्षीको भूमिका निर्वाहका सम्बन्धमा नेपाली काँग्रेसभित्र गम्भीर छलफल भइरहेको छ भन्दै अहिले प्रतिपक्ष कमजोर नभई सरकारको हनिमुन समयलाई दृष्टिगत गर्दै गतिविधि नियाँलिरहेको छ भन्नुभयो ।

नेता खाँडले संविधान संशोधनमार्फत मधेशको मागलाई सम्बोधन गर्नु आवश्यक रहेको तर यस प्रसंगमा मधेश केन्द्रित दलको भूमिका अपेक्षाकृत नभएको बताउँदै नेता खाँडले सङ्घीयता र लोकतन्त्रलाई बलियो पार्नेतर्फ सबैको ध्यान केन्द्रित हुनु जरूरी छ भन्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan