Thursday 22nd of November | २०७५ मङ्सिर ६ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रहरी युनिटमा सिसिटिभी क्यामेरा जडान

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ४ सोमबार | (रासस)
newsabhiyan

भीमदत्तनगर, ४ जेठ । कञ्चनपुर प्रहरीले जिल्ला प्रहरी कार्यालय भीमदत्तनगरसहित पाँचवटा इलाका प्रहरी कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरेको छ ।

प्रहरीको केन्द्रीय कार्यलयको नीति अनुसार जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयहरु दोधारा– चाँदनी, झलारी, बेल्डाँडी, बेलौरी र त्रिभुवनबस्तीमा सिसिटिभी क्यामेरा जडान गरिएको प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो । जिल्लामा पहिलो पटक कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएको हो ।

कार्यालयको प्रवेशद्वार, थुनुवा कक्ष र कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । “यसले कार्यसम्पादनमा थप सहजता थप्नेछ,” प्रहरी प्रवक्ता सेटीले भन्नुभयो– “बजार क्षेत्रमासमेत क्यामेरा जडान गरिँदैछ ।”

भीमदत्त नगरपालिकाले नगरक्षेत्रको १८ स्थानमा सिसिटिभी क्यामेरा जडानका लागि प्रक्रिया थालेको छ । क्यामेरा जडान गर्न रु २१ लाखको ठेक्का सम्झौता भइसकेको सेटीले बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan