Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डाँका कार्यमा संलग्न पाँच पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ४ सोमबार |
newsabhiyan

काठमाडौं, ४ असार । टोखा नगरपालिका-७ प्रयाशनगरबाट असार २ गते म्याग्दी रघुगंगा गाँउपालिका-६ बस्ने दिपक आचार्यले सतुवा (जंगली जडिबुटी) म्याग्दीबाट काठमाडौं ल्याउँदै गरेको अवस्थामा धम्की दिई उक्त सतुवा, नगद ६ लाख रुपैयाँ, साढे दुई तोलाको सुनको औँठी १ थान र तिन तोलाको सुनको सिक्री लुटपाट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं शंकरापुर नगरपालिका-१ बस्ने शिबबहादुर वस्ताकोटी,लमजुङ राइनस नगरपालिका-१० घर भएका माधव प्रसाद न्यौपाने, स्याङजा चापकोट नगरपालिका-४ बस्ने कृष्ण राज पुरी, चन्द्रकान्त पुरी र रुकुम उत्तरगंगा-६ घर भई काठमाडौं बस्ने गोविन्द मल्ल रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरुबाट सतुवा (जंगली जडिबुटी) ४५ के.जी र लु. ३१ प ४७८ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan