Monday 16th of July | २०७५ असार ३२ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अधिकारीको खस्किँदो स्वास्थ्यप्रति संवेदनशील बन्न आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ४ सोमबार | RSS
newsabhiyan

काठमाडौँ, ४ असार, मानव अधिकार तथा शान्ति समाजले सत्याग्रही गंगामाया अधिकारीको खस्किँदो स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सरकारसँग गरेको छ ।

समाजका महासचिव उत्तम पुडासैनीले आज जारी गर्नुभएको प्रेस वक्तव्यमा अदालतको आदेशको पालनामा सरकारले सक्रियता देखाउन आग्रह गरिएको छ । तत्कालीन माओवादीले मुलुकमा शुरु गरेको युद्धकालमा मारिएका छोरा कृष्णको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै श्रीमती अधिकारी करीब पाँच वर्षदेखि अनशनमा हुनुहुन्छ ।
गोरखा फुजेलका गंगामायाका छोरा कृष्णप्रसादको द्वन्द्वकालमा चितवन बकुलहरमा २०६१ जेठ २४ गते गोली हानी हत्या गरिएको थियो । छोराको न्यायका लागि अनशन बस्दाबस्दै उनका पिता नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको थियो । उहाँको शव अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan