Monday 16th of July | २०७५ असार ३२ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वरिष्ठ न्यूरो सर्जन डा. देवकोटा रहेनन,मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जलि

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ४ सोमबार |
newsabhiyan
newsabhiyan

 काठमाडौं,४ असार । वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको आज निधन भएको छ ।

लामो समयदेखि पित्तथैलीको क्यान्सरबाट पीडित डा। देवकोटाको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा आज साँझ ५ बजेर ३५ मिनेट जादा निधन भएको हो ।

६५ वर्षीय डा। देवकोटा बेलायतस्थित किंग्स अस्पतालमा ६ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किनुभएको थियो । 

उहाँ सो इन्स्टिच्यूटका संस्थापक तथा प्रख्यात स्नायुरोग विशेषज्ञ हुनुहुन्थ्यो ।  छ महिनाअघि बेलायतमा उपचार गर्न लगिए पनि रोग निको नहुने भएपछि उहाँ स्वदेशमै देहत्याग गर्ने इच्छासहित स्वदेश फर्कनुभएको थियो ।

बिरामी अवस्थामा नै आफू जन्मेको घरको पिँढीमा सुस्ताउने र त्यहाँको सिस्नेधाराको पानी पिउने इच्छा गरेबमोजिम उहाँलाई गत जेठ २६ गते हेलिकप्टरमा त्यहाँ लगिएको थियो ।

विसं २०१० पुस ४ गते गोरखाको पण्डितगाउँ लिगलिगमा जन्मनुभएका डा देवकोटाका श्रीमती र तीन छोरी छन् । श्रीमती डा मधु दीक्षित तथा छोरीहरु मेघा, वसुधा र मञ्जरीले उहाँको काजक्रिया सात दिनमा सक्ने अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पूर्व स्वास्थ्यमन्त्री डा. देवकोटाको पार्थिव शरीर मंगलबार बिहान ८ बजेदेखि अपराह्न १ बजेसम्म श्रद्धाञ्जलिका अस्पताल परिसरमा राखिनेछ भने त्यसपछि नारायणगोपाल चोकबाट शवयात्रासहित पशुपति आर्यघाटमा विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिनेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan