Monday 16th of July | २०७५ असार ३२ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वरिष्ठ न्यूरो सर्जन डा। देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ५ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं ,५असार । वरिष्ठ न्यूरो सर्जन डा। उपेन्द्र देवकोटाको आज अपराह्न अन्त्येष्टी गरिएको छ । उहाँको पशुपति आर्यघाटस्थित विद्युतीय शव गृहमा अन्त्येष्टी गरिएको हो ।

श्रद्धाञ्जलीका लागि देवकोटाको शव बिहान ८ बजेदेखि दिउँसो करीब २ बजेसम्म अस्पतालमा राखिएको थियो ।

श्रद्धाञ्जलीका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई, ,झलनाथ खनाल,लोकेन्द्र बहादुर चन्द, स्थानीय विकास मन्त्री लालबाबु पण्डित, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, नेत्री हिसिला यमी, नेकपाका महासचिव विष्णु पौडेल र नेकपाका नेता वामदेव गौतम लगायत अस्पताल पुगेका थिए ।

देवकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राजधानीको बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको थियो ।

६५ वर्षीय डा। देवकोटा बेलायतस्थित किंग्स अस्पतालमा ६ महिना उपचारपछि गत वैशाख १५ गते नेपाल फर्किनुभएको थियो ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan