Thursday 22nd of November | २०७५ मङ्सिर ६ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेइजिङको पहिलो सम्बोधनमा के भने प्रधानमन्त्रीले ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ६ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी ओली ६ दिने चीन भ्रमणका क्रममा मंगलबार बेइजिङ आइपुगेका छन् ।

स्थानीय समयअनुसार उनी अपराह्न ५ः१५ बजे बेइजिङ ओर्लिएका हुन् । प्रधानमन्त्री ओलीलाई चिनियाँ सहायक विदेशमन्त्री चाङ हानहुईले स्वागत गरेका थिए । 

साँझ प्रधानमन्त्री र उनी नेतृत्वको टोली होटेल हिल्टनमा चीनस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी भयो । जहाँ प्रधानमन्त्री ओलीले नेपाली समुदायलाई सम्बोधन गरे ।

ओलीले ‘तपाईंहरूलाई भेट्न पाउँदा म निकै खुसी छु’ वाक्यलाई चिनियाँ भाषामा सम्बोधन गर्दै मन्तव्य सुरु गरेका थिए । उनले झन्डै १५ मिनेट लामो लिखित भाषण पढेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

चिनियाँ विज्ञहरूसँग बेग्लै रात्रिभोज

प्रधानमन्त्री ओलीले चिनियाँ विज्ञहरूसँग बेग्लै रात्रिभोज पनि गरे । यो रात्रिभोजमा नेपाली समुदायलाई बोलाइएको थिएन । भ्रमण डेलिगेसनसँगै चिनियाँ व्यापारी, कूटनीतिक नियोगका प्रतिनिधि र विज्ञहरू कार्यक्रममा उपस्थित थिए ।

बेइजिङको पहिलो सम्बोधनमा के भने प्रधानमन्त्रीले ?

– प्राचीन समयमा चीन र दक्षिण एसिया जोड्ने आर्थिक हब थियो नेपाल

नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले प्राचीन समयमा दक्षिण एसियासँग चीनलाई जोड्ने आर्थिक हब नेपाल भएको बताए । ‘प्राचीन सिल्करोडको अंगका रूपमा नेपालले दक्षिण एसिया र चीन जोड्ने भूमिका खेलेको थियो । अब त्यो दुवै देशको हितका लागि ब्युँताउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

-बेल्ट एन्ड रोडअन्तर्गत चीनसँग विकासमा साझेदार बन्न तयार

प्रधानमन्त्री ओलीले अघिल्लो चीन भ्रमणमा पारवहन, सूचना तथा व्यापारमा महत्वपूर्ण सम्झौता गरेको स्मरण गर्दै बेल्ट एन्ड रोडअन्तर्गत चीनसँग विकासमा साझेदार बन्न सहमत भएको बताए । त्यस्ता सहमति र सम्झौताले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम खोलेको उनको धारणा थियो ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan