Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

१३ दिने क्रिया गर्नुहोला,७ मा नझार्न पण्डित उपाध्यायको आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ६ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाण्डौ,६ असार । न्यूरो सर्जन प्रा.डा.उपेन्द्रप्रसाद देवकोटाको सोमबार साँझ निधन भएको छ । उनको निधन भएको जानकारी सोमबारै अस्पताल स्रोतले विज्ञप्तिमार्फत सूचित गराएको थियो ।

विज्ञप्तिमा डा.देवकोटाको निधन भएको पुष्टि गर्दै किरियामा उनकी श्रीमती र ३ छोरीहरुले ७ दिनसम्म किरिया बस्ने उल्लेख गरिएको प्रति गम्भिर ध्यानार्कषण भएको छ ।


त्यसैलाई आधार बनाएर मङ्गलबार केहि अनलाईन पत्रिकाले समाचार प्रकाशित गरेपछि त्यसमा हिन्दू जागरण, नेपालका केन्द्रीय अध्यक्ष पण्डित रामकृष्ण उपाध्याय (लामिछाने) ले १३ दिने किरिया ७ दिन गर्ने समाचारप्रति चासो राखेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत चासो राख्दै शास्त्र बमोजिम १३ दिन नै किरिया गर्नुपर्ने सुझाव दिएका छन् । उनले ७ दिन मात्रै किरिया गर्न सुझाउने ब्राह्मणलाई उक्त सुझावमाथि पुनर्विचार गर्नसमेत उनको अनुरोध छ ।

उनले ‘महान आत्माको निधनमा उहाँको अन्त्येष्टि क्रियालाई ‘अशास्त्रीय तरीका’ले सम्पन्न गर्न तयार हुने ब्राह्मण जो कोही भएपनि गलत काम गर्नुभयो भने, तपाईं फस्नुहुनेछ,’ भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका छन् ।

  ‘१३ दिने क्रिया गर्नुहोला, मार्गदर्शक पुरोहितले गलत कार्यलाई अनुमोदन नगर्नुहोला’ भनी, अनुरोध गरेका छन् ।

‘देवकोटा परिवारले पनि आफ्ना जीवनमा धेरैलाई जीवनदान गर्नुहुने उपेन्द्र देवकोटाज्यूको अन्त्येष्टि कार्य अशास्त्रीय तरीकाले नगराउन अनुरोध छ,’ भनी, हिन्दुधर्ममा प्रचलित नियम अनुशरण गर्न अपीलसमेत गरेका छन् ।

‘कहीँकतै ७ दिनमा अन्त्येष्टि गर्नुहुन्छ भनेर शास्त्र तथा विशिष्ट विद्वानहरुको निर्णयबिना नै गलत कार्यमा प्रेरणा दिन उत्सुक भएका समग्रसमुहलार्इ पनि हार्दिक समवेदना प्रकट गर्दछु ।’उहाँले फेसबुकमा लेख्नुभएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan