Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ७ बिहिबार | (रासस)
newsabhiyan

महेन्द्रनगर, धनुषा, ७ असार । नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र यसका लागि योग महत्वपूर्ण हुने प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताउनुभएको छ ।

चौथो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा जनकपुरको जानकी मन्दिरमा आज आयोजित योग अभ्यास कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले योगका माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्य लाभसमेत लिन सकिने र योगले सकारात्मक सोचको विकास हुनुका साथै आत्म ज्ञानकोसमेत प्राप्ति हुनेहँुदा मानव जीवनमा योग अत्यन्तै लाभकारी रहेको विचार व्यक्त गर्नुभयो ।

सो योग कार्यक्रममा प्रदेश नं २ प्रदेश प्रमुख, मुख्यमन्त्री, भारतीय महावाणिज्य दूतावासका कन्सुलर तथा योगगुरु , साधक साधिकालेसमेत योग गरेका थिए ।

सो कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री राउत, योगगुरुसहितलाई मायाको चिनोका साथै दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan