Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पौडी प्रतियोगितामा अकललाई स्वर्ण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ७ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ७ असार । प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत पारा पौडी प्रतियोगिताको स्पाइनल कर्ड इन्जुरीको पुरुष ५० मिटरमा अकल तामाङले बिहीबार स्वर्ण जितेका छन् । सोही स्पर्धाको महिलामा पारा ओलम्पियन लक्ष्मी कुँवर पहिलो भइन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा राष्ट्रिय पारा पौडी संघ संघको व्यवस्थापनमा भएको प्रतियोगिताको एम्बुटीतर्फ पुरुष ५० मिटरमा भीमबहादुर कुमाल तथा महिला २५ मिटरमा सरिता थुलुङ पहिलो भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जोरपाटीमा भएको एकदिने प्रतियोगितामा १६ खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan