Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विवादास्पद व्यवसायी मलोहोत्राको खोजी ,सुन काण्डमा पक्राउ व्यापारी पोदारसँग डीएसपीकै ‘कनेक्सन’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ७ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । तेत्तीस किलो सुन लुटपाट तथा सनम हत्याकाण्डको अनुसन्धान गर्न गठीत उच्चस्तरीय आयोगले सुन तस्करी तथा हुण्डी कारोबारमा संलग्न भारतीय व्यापारी विमल पोद्दारलाई पक्राउ गरी बयान लिने कार्य अघि बढाइरहेको छ ।

पोद्दारलाई निगरानी गरिरहेको आयोगले उनीसँग सिंहदरवार वृत्तका डीएसपी अपिल बोहोराको बलियो कनेक्सन रहेको प्रमाण फेला पारेको छ ।

समितिका एक सदस्यका अनुसार विगत लामो समयदेखि व्यापारी पोद्दार र डीएसपी बोहोराबीच पटक पटक भेटवार्ता र सयौं पटक मोवाइलमा कुराकानी भएको भेटीएको हो । स्रोतका अनुसार व्यापारी पोद्दारबाट डीएसपी बोहोराले विभिन्न किसीमका लाभ समेत लिएको बुझिएको छ । स्रोतले भन्यो, ‘एक दिनमा चार–पाँच पटकसम्म उनीहरुबीच फोनमा कुरा भएको देखियो, त्यो लामो समयदेखि निरन्तर चलिरहेको देखिन्छ ।’

डील्लीबजारको कालीकास्थान स्थित सिल्भर सिटी अपार्टमेन्टमा बस्दै आएका व्यापारी पोद्दारसँग 
सिंहदरबार वृत्तका डीएसपी अपिल बोहोराले लामो समयदेखि निरन्तर र दैनिक चार पाँच पटकसम्म कुराकानी भइरहनुलाई सामान्य मान्न मिल्दैन साथै अनामनगर र घट्टेकुला क्षेत्रबाट सुन लुटपाट भएको बताइनुले पनि उनीहरु दुई बीचको सम्वन्धमाथि शंकाष्पद नजरले हेर्नु पर्ने अवस्था छ ।

व्यापारी पोद्दारको सुन लुटपाटको घट्नामा जोडीएर पक्राउ परेका मुख्य अभियुक्त छिरीङ गुरुङसँग कुराकानी भएको कल डिटेलका आधारमा अनुसन्धान गर्दै जाँदा समितिले पोद्दारलाई पक्राउ गरेको हो ।

डीएसपीसँगै लामो समयदेखि निरन्तर प्रत्यक्ष तथा टेलिफोनमा कुराकानी भइरहेको पत्ता लागेपछि व्यवसायी पोद्दारलाई पक्राउ गर्न अन्यत्रकै प्रहरी टोली परिचालन गर्ने बारेमा समितिमा छलफल भएको थियो । तर, सिंहदरवारकै डीएसपीलाई पक्राउ गर्न पत्र उपलब्ध गराइएपछि डीएसपी बोहोराले कार्यालयमा चिया खाने निम्तोसहित बोलाएका थिए ।

डीएसपीसँग उठबसको सम्वन्ध भएका पोद्दारले डीएसपीको निम्तोलाई सामान्य ठानेर सिंहदरवार वृत्तमा जव पुगे, तब ड्राइभरलाई एकछिन कुराकानी भएकाले घर फर्कन आदेश दिइयो र गाडीमा राखेर पोद्दारलाई गुपचुप कालीमाटी प्रहरी वृत्त पु¥याइयो । पक्राउ परेका पोद्दारलाई सिंहदरवारमा नै राख्न समितिले उचित नठान्नुको कारण सोही कार्यालयका डीएसपीसँगको निकट सम्वन्धलाई हेरियो ।

भारतीय व्यापारी बिमल पोद्दारसँग बुधबार दिनभरी समितिले सुक्ष्मढंगबाट बयान लिएको छ । उनीबाट बयानका क्रममा खुलेका वा उनीसँग कनेक्सनमा रहेका अरु को को तानिने हुन्, त्यो हेर्न केही दिन कुर्नु पर्नेछ ।

स्मरणीय छ, विवादास्पद व्यवसायी दिपक मलोहोत्राका व्यवसायीक साझेदार समेत मानिएका बिमल पोद्दारले भुकम्प गएका बेला भारतबाट सिधैं ट्यांकरमा पेट्रोलियम पदार्थ ल्याएर दिपक मलोहोत्राकै लगानीमा खुलेको अपार्टमेन्ट सिल्भर सिटीको गेटबाटै दोब्बर, तेब्बर बढी मुल्यमा बिक्री गरेका थिए । तत्कालिन अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीको ‘तथास्तु’ रहेका कारण पोद्दार र मलोहोत्रालाई प्रहरीले पक्राउ गर्नु त के खबरदारी समेत गर्न सकेको थिएन ।

तर, यस पटकको सुन कनेक्सनले भने कसकसलाई तान्ने हो, को को ठूलो माछा छट्पट्याइरहेका होलान् ? धेरैका लागि प्रतिक्षाको विषय बनेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan