Monday 16th of July | २०७५ असार ३२ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पर्यटन मन्त्रीको दादागिरी : सम्भाव्यता अध्ययन विनै जग्गा अधिग्रहणका लागि बजेट

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ८ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ८ असार । संस्कृति पर्यटन तथा नागरिक उययन मन्त्री रवीन्द्र अधिकारीले आफैले गठन गरेको विज्ञ समूहले दिएको सुझाव विपरित सम्भाव्यता अध्ययन नै नभएको आयोजानाका लागि जग्गा अधिग्रहरण गर्न पैसा छुट्टयाएका छन् ।

उनले अर्थमन्त्रीलाई दवाव दिएर २५ करोड रुपैया बजेट विनियोजन गराएका छन् । जुन आफैले गठन गरेको विज्ञ समूहले दिएको सुझाव विपरित पनि हो । विज्ञ समूहले पाँच वर्षभित्र आन्तरिक विमानस्थल नबनाउन सुझाव दिएको थियो ।

त्यो सुझावलाई बेवास्ता गर्दै  काभ्रेमा आन्तरिक उडान गर्ने बैकल्पिक विमानस्थल बनाउने भन्दै सम्भाव्यता अध्ययन नभएको आयोजनालाई मन्त्री अधिकारीले २५ करोड विनियोजन गरेका हुन् । उनले यो बजेट विनियोजन गर्दा नागरिक उययन प्राधिकरणमाथि पनि हस्तक्षेप गरेका छन् ।

विमानस्थल बनाउनका लागि नागरिक उययन प्राधिकरणले बजेट विनियोजन गर्नु पर्ने भएपनि मन्त्री अधिकारीले आफ्नो स्वार्थ परिपूर्ति गर्नका लागि आफैले मन्त्रालयबाट बजेट विनियोजन गराएका हुन् ।

प्राधिकरणले यो वर्षका लागि काभ्रेमा बैकल्पिक आन्तरिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्नलाई १ करोड रुपैयाँ आवश्यक हुने बजेट मन्त्रालयमा पठाएको थियो ।

मन्त्री अधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको हवाई चाप कम गर्न भन्दै काभ्रेको नागिडाँडामा विमानस्थल बनाउने घोषणा गरेकाले आफ्नो योजना असफल हुने डरमा सम्भाव्यता अध्ययन विना नै बजेट विनियोजन गरेका हुन् ।

पर्यटन मन्त्रीमा नियुक्त भए लगत्तै अधिकारीले गठन गरेको नागरिक उययन क्षेत्रका विज्ञको समूहले तत्काल काठमाडौं विमानस्थलको चाप कम गर्न अन्य विकल्प अपनाउनु पर्ने तर, बैकल्पिक विमानस्थल बनाउनतिर सरकार लाग्न नहुने सुझाव दिएको थियो । अभियान टाइम्सका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan