Monday 16th of July | २०७५ असार ३२ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चितवनमा ट्राफिक नियम उल्लंघन गर्ने ८५ सवारी कार्वाहीमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ८ शुक्रबार |
newsabhiyan

प्रनिश थापा, चितवन, ८ असार । चितवनको नारायणगढ–मुग्लिङ्ग सडकखण्डमा पछिल्लो समय ट्राफिक प्रहरीको चेकजाँचमा कडाई हुन थालेको छ ।

सवारी दुर्घटना र क्षतीलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सुरुवात गरिएको चेकजाँचमा जिल्ला ट्राफिकले कडाई गर्न थालिएको ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतम बताउनुहुन्छ ।

गौतमले दिनुभएको जानकारीअनुसार पछिल्लो एक साताभित्र सिट क्षमता भन्दा बढी यात्रु बोक्ने ८५ सवारीलाई कारवाही गरिएको छ भने , स्वीकृती नलिई सिट थप गरेका ५५ वटा सवारीलाई समेत कारवाही गरी थप गरिएका सिट र मुडाहरु समेत जफत गरिएको उहाँको भनाई छ ।

त्यस्तै , एक साताको अवधिमा तीव्र गतिमा सवारी चलाउने १० वटा सवारीसाधन समेत कारवाहीमा परेका छन् । जस्मा सबै बढी बोलेरो, निजी कार र माईक्रो समेत रहेको ट्राफिक प्रमुख गौतमद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

ट्रासिफक प्रहरीले दैनिक रुपमा राडर गन र ब्रेथलाईजरको प्रयोग गरी चेकजाँचलाई समेत तीव्र पारिरहेको बताएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan