Monday 16th of July | २०७५ असार ३२ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महँँगी र भ्रष्टाचार अन्त्य गर्न संघको माग

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ९ शनिबार |
newsabhiyan

काठमाडौँ, ९ असार (रासस) : अखिल नेपाल किसान संघले मुलुकमा व्याप्त महँगी र भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गरेको छ ।

संघको शुक्रबार सम्पन्न राष्ट्रिय भेलाबारे आज विज्ञप्तिमार्फत सार्वजनिक गर्दै २०७६ साल पुसदेखि फागुनसम्म राष्ट्रियरूपमा किसान जागरण अभियान सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिइयो ।

भेलाले अखिल नेपाल किसान संघलाई अखिल नेपाल किसान महासंघमा लैजाने निर्णय गरेको छ । यसअन्तर्गत वस्तुगत संगठन अखिल नेपाल पशुपालन तथा दुग्ध व्यवसायी संघ, अखिल नेपाल कुखुरा व्यवसायी संघ, अखिल नेपाल फलपूmल, तरकारी तथा बीउ उत्पादक संघ निर्माण गर्न तीनै संगठनको न्यूक्लियस गठन गरिएको छ ।

त्यसैगरी, भेलाले दाङ जिल्लामा मोहियानी हकको संरक्षणका लागि पहल गर्दै सुदूरपश्चिममा किसानका वर्गीय समस्यालाई समाधानका लागि संघर्ष गर्ने निर्णयसमेत गरेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan