Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आइतबारदेखि चितवनका शैक्षिकसंस्थामा अनिश्चितकालका लागी बन्द हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ९ शनिबार |
newsabhiyan

प्रनिश थापा , चितवन , ९ असार । चितवन प्रहरीले आफ्ना विद्यार्थी नेतालाई पक्राउ गरेको बिरोधमा अखिल क्रान्तिकारी चितवनले आइतबारदेखि अनिश्चितकालका लागी चितवन जिल्लाभरका शैक्षिकसंस्था बन्द गराउने चेतावनी दिएको छ ।

जिल्ला सचिब दर्पणद्वारा जारी बिज्ञप्तीमा आफ्ना जिल्ला अध्यक्ष रमेश लामिछाने र सदस्य सरोज भट्टराईलाई क्रमश रत्ननगरको शहिद स्मृति बहुमुखी क्याम्पस र माडी बहुमुखी क्याम्पसबाट पढिरहेको समयमा गैरन्यायिक ढंगले गुण्डागर्दी शैलीबाट प्रहरी प्रशासनले गिरफ्तार गरेको भन्दै तत्काल रिहाइको माग गरेको हो ।

ईलाका प्रहरी कार्यालय रत्ननगरबाट प्रहरी निरीक्षकको खटिएको बिशेष प्रहरी टोलीले लामिछाने र चितवन प्रहरीको विशेष टोलीले पक्राउ गरेको भट्टराईलाई शनिबार राती १२ बजेभित्र रिहाई नगरे आइतबार देखी शैक्षिक संस्था बन्द गराउने जिल्ला सचिव दर्पणले बताएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan