Monday 16th of July | २०७५ असार ३२ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठान युएई शाखाको अध्यक्षमागोपी कृष्णपंगेनी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ९ शनिबार | लालबहादुर ढेंगा, दुबई, युएई
newsabhiyan
newsabhiyan

दुबई । गएको २२ जुनशुक्रबारका दिनदुबईको एभरेष्ट होटलमा प्रवासमा पनि नेपालीगीत र संगीतलाई मलजलगर्दै उजागर गर्ने हेतुले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युएई शाखाको प्रथम अधिवेशन विविधलोक सांगीतिक माहौलमा सम्पन्न भएको छ ।

सोअधिवेशनले दुई बर्षे कार्यकालका लागि अध्यक्ष जस्तो गरिमामय पदमा गोपीकृष्ण पंगेनीलाई निर्वाचित गरेको हो ।


उक्तअधिवेशनको प्रमुखअतिथिमा नेपाली राजदूतावास अबुधावीकाकार्यवाहक राजदूत सागरप्रसाद फुयाल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता संयोजकगोपीकृष्ण पंगेनीले गरेको थियो ।

त्यसैगरी विशिष्ठ अथितिमारमेश बिजीवरिष्ठ उपाध्यक्षतथा बिदेश बिभागप्रमुख राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कृष्ण आशु केन्द्रीय सदस्य राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र विभिन्न संघ संस्थाकाप्रतिनिधिहरु रहेकाथिए । अन्यअतिथिहरुमा समाजसेवी, बुद्धिजीवी, कलाकार र पत्रकारहरु रहेका थिए ।


कार्यक्रमको थालनीप्रमुखअतिथि, सभापति, बिशिष्ठ अतिथि र अन्यअतिथिहरुको दीपप्रजोलनका साथनेपाली राष्ट्रिय गीतबाट भएको थियो । दुई चरणमा विभाजितगरिएको कार्यक्रमलाई पहिलो चरणको औपचारिक कार्यक्रमलाई ओमप्रकाशपोखरेलले संचालन गरेको थियो भने दोस्रो चरणको सांगीतिककार्यक्रमलाई ओमकुमारी खांडले संचालन गरेकीथिईन् ।


सो अधिवेशनकालागि एकेन्द्र थापाको संयोजकत्वमा सदस्यनिर्भिक नारायण भुर्तेल रखिमलाल पाण्डेको तीन सदस्यीयनिर्वाचन समितिबनाएको थियो ।उक्तनिर्वाचन समितिले आगामी २ बर्षे कार्यकालकालागि २५ सदस्यीयनयां कार्यसमितिनिर्वाचित गरेको छ । जसमाक्रमशःअध्यक्षमागोपीकृष्ण पंगेनी, उपाध्यक्षमाओमकुमारी खांड, नारायण न्यौपाने, कोषाध्यक्षमाबिक्रमपौडेल, सह–कोषाध्यक्षमागोपाल भट्टराई, सचिवमाओमप्रकाशपोखरेल, सह–सचिवमाअमितबिश्वकर्मा र महिला सचिवमालक्ष्मी केसी रहेको छ ।


त्यसैगरी अन्य सदस्यहरुमाप्रकाश ढकाल, राजेश भण्डारी, हेमबहादुर भण्डारी, अनिश दुवाडी, बिरेन्द्र ढेंगाल, पारु मगर, हर्क सिंह, रमेश राणा, केविनजंगशाही, नरेन सापकोटा, बिमा देवीन्यौपाने, मणु क्षेत्री, बिकाशअधिकारी, होमनाथकुंवर, कृष्ण सुनार, सुनिता गैरे र यमलाल पराजुलीलाई निर्वाचित गरेको छ ।
कार्यक्रमलाई स्थानीयकलाकारहरुले धेरै मनोरञ्जनात्मकबनाएको थियो ।

हलमा त्यसै त गर्मी अझै सालै जो गीतमादर्शकहरु झुम्नथालेपछि गर्मीको चाप बढेको आभास हुन्थ्यो । दुबईमानिकै चर्चित दीपक गुरुङ र समिरा सुनारको नृत्यले सुनमा सुगन्धथपिदिएको थियो । दैनिकआ–आफ्नो ड्यूटीमा व्यस्तता रहेतापनिशुक्रबारे बिदाको सदुपयोग गर्दै आफ्नै मौलिक सांगीतिकमाहौलमा रम्न र रमाउनुपाउंदागाउंबेशीको झझल्को मेताएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan