Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विश्वकै मुटु हल्लाउने यी नेपालीको खुकुरी नाच : आँखा चिम्लेरै खुकुरीले छिनाए निशाना, राष्ट्रियता झल्काउनको निमित्त गिनिज बुकमा नाम लेखाउने तयारी (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ४ शुक्रबार |
newsabhiyan
newsabhiyan

भक्तपुर, ४ साउन । अहिले मानिसहरुले विभिन्न फरक फरक प्रतिभा देखाएर गिनिज बुकमा नाम लेखाउन थालेका छन् । यस्तैमा किरण राई पनि विश्व किर्तिमान राख्ने प्रयासमा छन् । उनी हातले खुकुरी नाँच देखाएर आफ्नो रेकर्ड राख्ने तयारीमा रातदिन लागि रहेका छन्।

भोजपुरमा जन्मिएका किरण राई विदेश जाने सोचले काठमाडौँ आएका थिए । तर, त्यो समय उनले सोचेको जस्तो काम भएन । त्यसपछि काठमाडौँमै मार्शल आर्ट सिके। मार्शल आर्ट सिक्ने क्रममा उनले त्यसबारे धेरै अध्ययन गरे। मार्शल आर्ट खेल्दा खेल्दै उनलाई यो भन्दा फरक केहि गर्न मन लाग्यो ।

उनी भन्छन, ‘मार्शल आर्ट धेरैले गरिरहेका छन् । तर, मलाई केहि नयाँ काम गर्न मन लाग्यो । यस बारे अध्धयन गर्दा मलाई देशको हात हतियार कलामार्फत अघि बढाउनुपर्छ भन्ने सोच आयो।’

यो खुकुरी नचाउने कला उनले ५/६ वर्ष देखि सिक्दै आएका छन् । यस अघि खुकुरीको रेकर्ड राखिएको छैन त्यसैले उनले नयाँ कृतिमान कायम गर्ने उनले बताए । उनलाई हात हतियारहरुसँग खेल्दा शुरुवातमा निकै घाउ चोट लाग्ने गर्दथ्यो । उनले मार्शल आर्ट सिकाउने पनि गर्छन ।

उनी भन्छन, ‘मार्सल आर्टको विदेशमा जस्तो क्रेज छैन। नेपालमा मार्सल आर्टको सम्भावना कम छ । धेरै ठाउँमा मैले आफ्नो प्रदर्शनी देखाए जहाँ नेता देखि बुद्धिजिबी पनि थिए तर चित्त बुज्दो प्रतिक्रिया पाइन्।’

किरण मार्शल आर्ट देखि अभिनयमा पनि अब्बल छन् । उनी आफै अभिनय गर्ने र अरुलाई सिकाउने समेत गर्छन् । उनको कलाबाट प्रभावित भएर नयाँ फिल्महरुको पनि अफर आइरहेको छ।

उनले भर्खरै एसकेएनको ब्यानरमा बनेको नयाँ फिल्म ‘यो माया कस्तो माया’ मा अभिनय गरेका छन् । यस फिल्म चाँडै नै हलहरुमा आउन लागेकाले सबैलाई हेर्नको लागि किरणले आग्रह समेत् गरेका छन्।

किरण राई भन्छन, ‘आज सम्म खुकरीको रेकर्ड राख्ने कोहि छैन । आफ्नो कलालाई विश्व सामु चिनाउने, हात हतियारको कला सिकाएर युवाहरुको भविष्य निर्मण गर्ने योजना छ।’ उनी अब केहि समयपछि विश्व रेकेड राख्ने तयारी गर्ने छन् । के उनी गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल होलान त ?


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan