Sunday 18th of November | २०७५ मङ्सिर २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिरहामा तस्करहरूलाई प्रोत्साहन गर्दै प्रहरी , दुई नम्बर प्रदेश प्रहरी कार्यालय भने मौन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ५ शनिबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा , लहान । गएको असार ११ गते राती १२ बजे सिरहाको मिर्चैयामा पूजा भईरहेको एक घरमा डाँका समुहको आक्रमणमा परी आधा दर्जन स्थानीय घाईते भयो । आक्रमणमा परी स्थानीय अजय प्रकाश यादव, दीपेन्द्र कुमार यादवको अवस्था चिन्ताजनक भयो । उनीहरुको टाउको र जीउमा ज्यान जानेसम्मको चोट लागेको थियो ।

टाउकोमा चोट लागेका दिपेन्द्रको बिराटनगरमा उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको छ । ज्यान मार्ने उद्योग जस्तो गम्भीर प्रकृतीको मुद्दालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको अपराध अनुसन्धान बिभाग दरबन्दी भइ हाल ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहामा कार्यारर्त असइ (बैजु) भन्ने बैधनाथ यादवको संयुक्त सेटिङमा सार्वजनिक मुद्दा लगाइ डाँका समुहलाई उन्मुक्ति दिन खोजेका थिए ।

बिहेको जन्ती आउँदा मोटरसाईकल ढलेको बिषयलाई लिएर झगडा भएको भन्दै सामान्य चोटपटक लागेको कारण सार्वजनिक मुद्दा लगाएको जति दाबी गरेपनि घट्ना उनले भने जस्तो थिएन । यदी सामान्य घाइते नै भएको भएपनि घाईतेलाई बिराटनगर न्यूरो अस्पताल किन पुर्‍याउनुपर्‍यो भन्ने न्युज अभियानको प्रश्नमा उनी अकमक्काएका थिए ।

एउटा मोटरसाईकल ढलेको बिषयलाई लिइ रातको समयमा झगडा गर्ने उद्देश्य राखी पुनः सोही ठाउँमा हातहतियार लिई आक्रमण गर्नु कानुनत ज्यान मार्नु सरहको हो । यतिमात्र नभई अस्पताल भर्ना भएका दिपेन्द्रलाई डिस्जार्च भई तुरून्त थानामा आएर मिलापत्र गर्न समेत दबाब दिइरहेको छ ।

आक्रमणकारी डाँका समुहका अशोक यादव, उमेशकुमार यादव, खगेश्वर यादव, शम्भू यादव, सम्बन्द्र कुमार यादव, काशिन्दर यादव र पवन यादवलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये मुख्य अभियुक्त अशोक, उमेश र खगेश्वर लाई असइ यादवको संयुक्त सेटिङमा मोटो रकमको चलखेल पश्चात छाडिएको छ । डाँका समुहले सिराहको बिभिन्न स्थानमा बर्षौदेखी डाँका गर्दै आएको र यो समुहका अशोक, उमेश र खगेश्वरमाथि पनि आफ्नै श्रीमती मारेको आरोप समेेेत लागेको थियो ।

यसै बिषयलाई लिएर त्यहाँका तत्कालीन डिएसपी दीपक खड्काको समेत बिवादित बने र उनलाई समेत सरुवा भएको एक महिना नबित्दै काठमाडौं तानियो । उहाँ अहिले ट्राफिक महाशाखा काठमाडौं हुनुहुन्छ । त्यस्तै, सोही कार्यालयका अर्का बदनाम प्रहरी हवल्दार दीपेन्द्र यादव र प्रहरी जवान मिलन बहादुर बिष्ट समेत आईजीको आदेशलाई चुनौती दिदै आपराधिक गिरोहसँग साँठगाँठ गर्ने गरेका छन् । अनुसन्धानकै सिलसिलामा प्रहरी जवान बिष्ट असार पहिलो साता दुई नम्बर प्रदेश प्रहरी कार्यालय धनुषा तानिएकोमा पुनः भनसुन र चलखेलका आधारमा साबिककै क्षेत्रमा फिर्ता गएको स्रोतको भनाइ छ । त्यस्तै, ईलाका प्रहरी कार्यालय गोलबजारका सई रामकृष्ण चौधरीको अशुली धन्दा समेत अझै रोकिएको छैनन् ।

यस अगाडि माडर प्रहरी चौकीमा ८ महिना हुँदा समेत अशुली धन्दामा बारम्बार मुछिएका चौधरी अहिले गोलबजार पुगेर पनि उहीँ कमाउ धन्दालाई नै निरन्तरता दिइरहेका छन् । त्यस्तै , ईलाका प्रहरी कार्यालय माडरका प्रहरी जवान आमोद कुमार यादवको समेत अशुली धन्दा बढ्दै गएको छ ।

उनीहरुकै सक्रियतामा अहिले माडरका चर्चित तस्करहरु सुरजा, प्रमोद , गणेश , रामसेवक, नन्नु, पन्सा, देवन यादव, रामएकुवाल दास, सन्तोष पुर्वे लगायतले दैनिकी १० देखि २० बोरासम्मको चामल र चिनी भन्सार कटाउने गरेका छन् । त्यस्तै, भारतका महात्मा, जितेन्द्र पुर्वे, वकिल , ललन यादव लगायतले निर्वाध रूपमा हार्डवेयर , कपडा, खैनी , सुर्ती भित्र्याउन पाइरहेका छन् । वर्डा प्रहरी कार्यालय सिरहाका प्रहरी जवान हरी कुमार राउत र प्रहरी हवल्दार देवेन्द्र शाहको समेत अशुली धन्दा बढ्दो छ । हवल्दार शाह ( पोर्टमास्टर ) हुन् ।

यद्यपि , उनी समेत अशुली धन्दामा सक्रिय भईरहेका छन् । यस्तै , ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा दरबन्दी भइ हाल ईलाका प्रहरी कार्यालय लहानमा कार्यारर्त प्रहरी हवल्दार दुर्गा प्रसाद यादव , भगवानपुर प्रहरी चौकीमा कार्यारर्त प्रहरी हवल्दार मिग्रेन्द्र यादव , झाजपट्टी प्रहरी चौकीमा कार्यारर्त प्रहरी हवल्दार वीरेन्द्र कुमार यादव , कजरा ( जानकीनगर ) प्रहरी चौकीमा कार्यारर्त प्रहरी जवान सुरज कुमार चौधरी (कलवार) , बरियारपट्टी प्रहरी चौकीमा कार्यारर्त प्रहरी हवल्दार रामचन्द्र यादव लगायत अधिकांश प्रहरीको समेत अशुलीधन्दा पछिल्लो पटक ह्ववात्तै वृद्धि हुँदै गएको प्रहरी स्रोतले बताएको छ ।

अहिले बरियारपट्टीबाट ज्ञानु , नौथनी लगायत महिलाले भारतबाट कपडा ल्याउने गरेका छन् । पहाडी भन्ने चन्द्रनारायण यादव, महेन्द्र शाह, जिवछ साह, बिजय साह, शिवकुमार यादवले कपडाको तस्करी गर्ने गर्छन् । भने , मिर्चैयामा राजीव यादवको कोहीनुर बस्त्रालय छ जहाँ भन्सार छलीका कपडाको नियात हुने गर्दछ ।

हाल सिरहाको ठाँडी बस्ने भारतीय नागरिक अशोक शर्मा , गोपाल अग्रवाल ( थर पुष्टि नभएको) मुरारीहरु लगायतले मोबाईल, मरिच, ल्वाङ्ग, स्याउ लगायत तस्करी गर्ने गरेका छन् । झाजपट्टीबाट आनन्द यादव, बद्री यादव, मनोज यादव (नेपाली कांग्रेसको वर्डा अध्यक्ष ) भारतको तिर्थ यादव , पप्पु यादव लगायत समेतले मोबाईल, मरिच, स्याउ ट्याक्टरमा लैजाने गरेका छन् भने कपडा, चिनी भारतबाट ल्याउनेसम्म गरेको छ ।

दुई नम्बर प्रदेश प्रहरी कार्यालयको कमजोर कमान्डका कारण जिल्लाभर अशुली धन्दाले तीव्रता पाउदै गइरहेको छ । उता, जिल्ला प्रहरी कार्यालय सिरहामा असइ रमेश मेहत्ताको नेतृत्वमा रहेको चार बदनाम प्रहरीकै संरक्षणमा अशुली धन्दा उच्च छ । मेहत्ताको कमान्डर प्रहरी हवल्दार सन्तोष झाको समेत अशुली धन्दा बढ्दै गएको छ । झा जिल्लाभरकै बिवादित प्रहरी हुन् ।

यस अगाडि पनि उनलाई तत्कालीन आइजी उपेन्द्रकान्त अर्यालको समयमा प्रहरी मुुुख्यालयमै तानी आवश्यक अनुसन्धानका क्रममा दोषी भेटिए पनि भनसुनका आधारमा पुनः सोही ठाउँमा फिर्ता भएको थियो ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan