Wednesday 15th of August | २०७५ श्रावण ३० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माइतीघर मण्डला बाट सुरु भयो बिशाल प्रर्दशन, 'ओली सरकार रगतको खोलो नबगोस' !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ५ शनिबार |
newsabhiyan

काठमाडौं,५ साउन । डा.गोविन्द केसीको आमरण अनसन ओली सरकारलाई घाडो बन्ने पक्कापक्की छ । समयमै सरकारले बुद्धि नपुर्यादाँ आन्दोलन चर्किएर जाने पक्कापक्की भएको हो ।

आजको प्रर्दशनमा नेपाली कांग्रेस निकट बिद्धार्थी संघको उल्लेख्य उपस्थिती रहेको छ ।

केसीको माग सुनुवाइ एवं जीवनरक्षाका लागि सरकारलाई दबाब दिन माइतीघर मण्डलामा आज विरोध प्रदर्शन भएको हो ।

माइतीघर मण्डला बाट सुरु भएको बिशाल बिरोध प्रर्दशन नयाँ वानेश्वर तर्फ लम्किएको छ । प्रर्दशनकारीहरुले ओली सरकार होशियार ,रगतको खोलो नबगोस् भन्ने नाराहरु लगाएकाछन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै २२ दिनदेखि अनशनमा बसेको केसीको मागप्रति सरकार गम्भीर नभएको भन्दै माइतीघरमा प्राध्यापक, विश्लेषक, लेखक, अधिकारकर्मी, पूर्व प्रधानन्यायाधीश, पुर्वउपकुलपति विभिन्न दलका नेता, कार्यकर्ता, चिकित्सा क्षेत्र आवद्ध विभिन्न संघसंस्थाका प्रतिनीधि र सर्वसाधारणले प्रदर्शन गरेकाहुन् ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan