Sunday 18th of November | २०७५ मङ्सिर २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नाफा बढाउन नेपाल एसबिआईले प्रयोग गर्यो चोर बाटो, कर्मचारीको तलव भत्तामा मैं सकियो बैंकको झण्डै दुुई अर्ब रुपैयाँ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २९ मंगलबार |
newsabhiyan
newsabhiyan

 काठमाडौँ, २९ साउन ।  भारतको स्टेट बैंक समेतको साझेदारी रहेको नेपाल स्थित नेपाल एसबिआई बैंकले खुुद मुनाफा बढाउनको लागि चोर बाटो प्रयोग गरेको छ ।

निक्षेप तथा कर्जा प्रवाहमा खासै सुधार नआएको र व्यवस्थापन खर्च उच्च हुुंदा नाफा बढी देखाउनको लागि बैकले चोरबाटो प्रयोग गरेको हो ।

नेपाल राष्ट्र बैंकले बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई यही असोज मसान्तसम्म कर्जा तथा निक्षेप बिचको व्याजदर अन्तर पाँच प्रतिसतसम्म कायम राख्न निर्देशन दिईसकेको छ ।

नेपाल एसबिआई बैंकमा यस्तो स्प्रेड दर अघिल्लो आवमा चार दसमलव ५५ प्रतिसत रहेको थियो । तर अहिले बैंकले नाफा बढाउने अस्त्रकोरुपमा यो स्प्रेड दरलाई बढाएर चार दसमलव ९९ प्रतिसत पुर्याएको छ ।

स्प्रेड दर बढाउँदा बैंकको खुुद व्याज आम्दानी बढ्छ, त्यहीकारण पनि आव २०७४—०७५ मा बैंकले अघिल्लो आवको तुुलनामा झण्डै ४० करोड रुपैयाँले नाफा बढाउन सकेको हो ।

चुक्ता पुंजी हाल आठ अर्ब चार करोड ६९ लाख पाँच हजार रुपैयाँ रहेको बैंकले आर्थिक बर्ष २०७४—०७५ मा ८४ अर्ब दुुई करोड ५३ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब ५० करोड २२ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

थप खबरका लागि तलको लिंक क्लिक गर्नुहोस् :-

नाफा बढाउन नेपाल एसबिआईले प्रयोग गर्यो चोर बाटो, कर्मचारीको तलव भत्तामा मैं सकियो बैंकको झण्डै दुुई अर्ब रुपैयाँ

 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan