Sunday 18th of November | २०७५ मङ्सिर २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पानी खाँदा २८ विद्यार्थी बिरामी,छानबिन समिति गठन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ३० बुधबार |
newsabhiyan

उर्लाबारी, मोरङ, ३० साउन (रासस) : खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा अनुसन्धान तथा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी नायब उपरीक्षक निशान थापाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

मोरङ लेटाङ नगरपालिका–९ जाँतेस्थित श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा हालिएको विषादीयुक्त पानी खाँदा त्यहाँ अध्ययनरत २८ विद्यार्थी बिरामी परेको घटनाको छानबिन गर्न आज सो समिति गठन गरिएको हो ।

समितिलाई घटनाका बारेमा छानबिन गरेर जतिसक्दो चाँडो वास्तविकता पत्ता लगाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउने जिम्मेवारी दिइएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो ।

समितिले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा छानबिन शुरु गरिसकेको जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद घनश्याम खतिवडाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग पनि गर्नुभएको थियो ।

विद्यालयको ट्याङ्कीमा हालिएको साइपर मेथिन समूहको साइप्रिन नामक विषादी मिसिएको पानी खाँदा विद्यालयमा अध्ययनरत २८ विद्यार्थी मङ्गलबार बिरामी परेका थिए । बिरामी परेका मध्ये खुश्बु मिश्र, सृष्टि निरौला, कमला लिम्बू र मनिष थापाको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये अन्य २४ जना मङ्गलबारे अस्पताल उर्लाबारीमा उपचार गराएपछि घर फर्किएका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan